निरोगी जीवनका लागि जान्नैपर्ने खानपानको पाँच सर्त


लेखक : सुन्दराञ्चल      साउन १७, २०७८ मा प्रकाशित     
निरोगी जीवनका लागि जान्नैपर्ने खानपानको पाँच सर्त

खाना नै औषधि हो । र, विष पनि । अर्थात स्वस्थ्यकर, पोषिलो, सुपाच्य, मौसमी खानपानले शरीरलाई निरोगी र जवान राख्छ । तर, खराब खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ । यसैले खानपानका बारेमा केही आधारभूत कुरा जान्न जरुरी छ ।

खाना त हामी खाइरहेकै हुन्छौं । दिनमै दुई–चार पटक खाना खान्छौं । तर, कस्तो खाना ?

खानाको छनौट र खानपानको शैलीले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । खानपानमा लापरबाही गरे शरीर रोगी हुन्छ । खानपानमा सर्तक र सजग भए शरीर तन्दुरुस्त रहन्छ ।

गुलियो खाने कि टर्रो ?

खानपानको सम्बन्धमा एउटा घतलाग्दो तथ्य छ । हामीलाई मिठो लाग्ने खानेकुराको सूची तयार गरौं त । सबैभन्दा मिठोबाट क्रमस नमिठो खानेकुराको सूची तयार गर्दा यस्तो बन्छ–

एक, गुलियो । दुई, नुनिलो । तीन, पिरो । चार, अमिलो । पाँच, तितो । छ, टर्रो ।

अब मिठोको यो सूचीलाई ठिक पछाडिबाट राख्नुपर्छ, जो स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छ । अर्थात स्वास्थ्यका लागि क्रमस टर्रो, तीतो, अमिलो फाइदाजनक मानिन्छ । गुलियो खानेकुरा स्वास्थ्यका कम प्राथमिकतामा पर्छ ।

आर्युवेदले खानाको यी ६ स्वाद नै पहिचान गरेको हो । सन्तुलित खानाका लागि हामीलाई तितो, अमिलो, पिरो, गुलियो सबै किसिमको स्वाद आवश्यक हुन्छ । तर, हाम्रो जिब्रो गुलियो, नुनिलो खान्कीमा जति पल्किएको छ, तीतो, टर्रोमा उति पल्किएको
छैन ।

भनिन्छ, आर्युवेदमा सन्तुलित भोजनको व्यवस्था हजारौं बर्षअघि भएको हो । शरीरलाई आवश्यक सबै किसिमका पोषक तत्व सम्मिलित भोजनलाई आर्युवेदले ६ वटा स्वादमा पहिचान गरेको छ । गुलियो, नुनिलो, अमिलो, पिरो, तितो, टर्रो प्रमुख स्वाद हुन् ।

मौसमी खानेकुरा कि वेमौसमी ?

प्रकृतिले हामीलाई सबै स्वाद, रंगको खानेकुरा दिएको छ । ति खानेकुराको स्वाद, रंग अनुसार प्राप्त हुने पोषण तत्व फरक–फरक छ । सन्तुलित आहारका लागि सबै किसिमको स्वाद मिसाए जस्तै रंग–विरंगी खानेकुरा पनि सामेल गर्नुपर्छ । रंग विरंगी भनेको कृतिम रंग मिश्रण गरिएको होइन, प्राकृतिक रंग हो ।

हामीले खानेकुरा सेवन गर्दा मौसमी खानेकुरा नै रोज्नुपर्छ । जाडो याममा पाक्ने फल, सागसब्जी र बर्षा याममा फल्ने फल एवं सागसब्जी एकैनास नहुन सक्छ । कतिपय खानेकुरा जाडोमा पाक्छ, कति गर्मीमा । यसरी प्राकृतिक रुपले उत्पादन भएको मौसमी खानेकुुरा सेवन गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । किनभने जुन मौसममा हाम्रो शरीरमा जुन किसिमको पोषक तत्व आवश्यक हुन्छ, प्रकृतिले त्यही अनुसारको फल, सागसब्जी, अन्न फलाउँछ ।

अहिले वेमौसमी सागसब्जी, फलफूल उत्पादन गर्ने प्रचलन छ । भण्डारण गरेर पनि फरक मौसमको फलफूल, तरकारी अर्को मौसममा बिक्री गरिन्छ । यसले हाम्रो स्वाद त फेरिन्छ, स्वास्थ्यलाई भने हानी गर्छ । वेमौसमको फल, सागसब्जी स्वास्थ्यमैत्री खान्की होइनन् ।

काँचो खाने कि पकाएर ?

हामीले खाने कतिपय खानेकुरा पकाएर खान मिल्छ, कति काँचो । पकाएर खाइने खानेकुरा पनि कसरी पकाउने, कति समय पकाउने, कति खाने भन्ने कुरामा हेक्का राख्नुपर्छ । हामी स्वादको लागि खानेकुरा लामो समय पकाएर खान्छौं । अनेकथरी मरमसला मिसाउँछौं । यसले खानेकुरामा रहेको पोषक तत्व नष्ट हुने मात्र होइन, पाचन प्रणालीलाई बोझिलो बनाउन सक्छ ।

एकसाथ धेरैथरी खाने कि एकथरी ?

हामी एकसाथ धेरैथरी खानेकुरा बनाएर सेवन गर्छौं । यसरी थरीथरीका परिकार बनाएर सेवन गर्दा शरीरले सबै किसिमको पोषक तत्व प्राप्त गर्छ भन्ने हामीलाई लाग्छ । भोजभत्तेर वा कुनै विशेष समारोहमा पनि थरीथरीका खानेकुरा एकसाथ खाने गरिन्छ । वास्तवमा यसरी एकसाथ धेरैथरी खानेकुरा सेवन गर्दा ति खानेकुरा आपसमा मिल्दैनन् । यसले प्रतिकुल असर गर्छ । सन्तुलित खानेकुरा खानुपर्छ भन्नुको अर्थ एकै पटकमा सबै किसिमको खानेकुरा खाने भन्ने होइन । बरु पटक पटक भिन्न भिन्नै पोषक तत्वयुक्त खानेकुरा सेवन गर्नु हो ।

कतिपय खानेकुरा विजातिय हुन्छन्, जो आपसमा मिसाएर सेवन गर्दा पाचन यन्त्रमा विभिन्न समस्या निम्त्याउँछ । त्यस्ता खानेकुरा आपसमा मिसिएर विषाक्त पनि बन्छ । त्यसैले सन्तुलित आहार भन्दैमा एकसाथ थरीथरीका खानेकुुरा सेवन गर्नु होइन ।

धेरै खाने कि थोरै ?

धेरै खानेकुरा सेवन गर्दा पोषिलो हुन्छ भन्ने हामीलाई लाग्छ । जतिसक्दो धेरै खानेकुरा सेवन गरेपछि बलियो, निरोगी भइन्छ भन्ने लाग्छ । तर, धेरै खानेकुरा खाएर होइन, बरु पचाएर स्वस्थ्य हुने हो ।

एकसाथ धेरै खानेकुरा सेवन गर्दा पाचन यन्त्रमा भार पर्छ । खानेकुरा पच्दैन । यो शरीरका लागि हानिकारक हुन्छ । बरु थोरै, थोरै तर पटक पटक सेवन गर्नु राम्रो मानिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap