नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह,सतर्कता अपनाउन आग्रह,


लेखक : सुन्दराञ्चल      असार १०, २०७९ मा प्रकाशित     
नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह,सतर्कता अपनाउन आग्रह,

१० असार, काठमाडौं । नारायणी र यसका साना सहायक नदीहरुमा आजदेखि जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै आग्रह गरेको हो ।

महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधार क्षेत्रका बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आज र भोलि जलसतह उल्लेख्य बढेर मध्यम जोखिमको अवस्थासम्म पुग्ने पूर्वानुमान छ । जलसतह बढ्दा कास्की र लमजुङमा आज उच्च जोखिमको अवस्थासम्म पुग्ने महाशाखाले जनाएको छ ।

कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह उल्लेख्य बढ्ने छ ।

 

यस्तै सप्तकोशीको चतरा, अरुणको सिम्ले, कर्णालीको चिसापानी र असाराघाट, भेरीको समजिघाट, पश्चिम सेतीको दिपायल, महाकालीको पारिगाउँ र बबईको चेपाङमामा भने जल सतह सामान्य बढ्ने पूर्वानुमान छ । यी नदीहरु भने आज र भोलि न्यून जोखिमको अवस्थामै रहने महाशाखाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap