नाजिरको ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
नाजिरको ‘लभ सर्कल’ डिजिटल प्लेटफर्ममा

कोरोना महामारीका कारण सिनेमा हलमा ताल्चा लागेको लामै समय भइसकेको छ । जसले गर्दा निर्माण सकिएका दुई दर्जन बढी नेपाली फिल्म रिलिज हुन पाएका छैनन् । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै सिनेमा हल खुल्ने थप अनिश्चित हुँदा हलिउड/बलिउडमा झैँ नेपाली निर्माताहरुले पनि डिजिटल प्लेटफर्मलाई फिल्म रिलिजको विकल्पको रुपमा हेर्न थालेका छन् ।

सिनेमा हल खुल्ने टुंगो नहुँदा कोरोना महामारीकै समयमा फिल्म ‘कोपिला र हिरो रिर्टन्स’ डिजिटल प्लेटफर्ममा रिलिज भए । यही २७ तारिखमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनीत तथा निर्मित फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । यस्तैमा, अर्को फिल्म ‘लभ सर्कल’ ले पनि रिलिजका लागि डिजिटल प्लेटफर्म रोजेको छ ।

यही साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने फिल्मको आइतवार फर्स्टलुक पोस्टर सार्वजनिक गरियो । कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्मको पोस्टरमा कलाकारहरु मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइराला (दले दाई) लाई देख्न सकिन्छ । फिल्मको क्याप्टेनसिप बसन्त निरौलाले सम्हालेका हुन् ।

फिल्म क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले ‘लभ सर्कल’ लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको निर्देशक निरौलाले बताए । मि टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको फिल्ममा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र शाहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap