नागरिकको जनगुनासको व्यवस्थापन र सशक्त महिला समृद्घ नेपाल कार्यक्रम सम्बन्धी १ दिने अभिमुखिकरण कायक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      कार्तिक ३०, २०८१ मा प्रकाशित     
नागरिकको जनगुनासको व्यवस्थापन र सशक्त महिला समृद्घ नेपाल कार्यक्रम सम्बन्धी १ दिने अभिमुखिकरण कायक्रम सम्पन्न

कार्तिक ३०,युनिसेफको आर्थिक सहयोगमा सशक्त महिला समृद्घ नेपाल कार्यक्रम अन्तरगत धनगढी उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द राज खाती लगायत जन गुनासो सुनाइ व्यवस्थापन समिति, विभिन्न शाखा प्रमुख र वडा अध्यक्षको सहभागितामा नागरिकको जनगुनासको व्यवस्थापन र सशक्त महिला समृद्घ नेपाल कार्यक्रम सम्बन्धी १ दिने अभिमुखिकरण कायक्रम सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सशक्त महिला समृद्घ नेपाल कार्यक्रमकी सुदुर पश्चिम प्रदेश संयोजक युन ओमेनकी प्रदेश संयोजक प्रतिभा चौधरीले गर्नुभयो ।

कार्यक्रममा युनिसेफका सामाजिक नीति अधिकृत प्रकाश आर्चायले धनगढी उप महानगरपालिकाले जन गुनासो व्यवस्थापन सम्बन्धी राम्रो कामको थालनी गरेको र यसबाट अन्य पालिकाले पनि सिक्नुपर्ने धारणा व्यक्क्त गर्नुभयो । निड्स नेपालका कार्यकारी निर्देशक भव राज रेग्मीले जनगुनासो सुनाइ व्यवस्थापनले जनतालाई दिने सेवा सुविधालाई चुस्त दुरुस्त बनाउने जनता प्रति सरकार बढि उत्तरदायी हुने भएकोले यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने र निड्स नेपाल यसको लागि हातेमालो गर्न तयार रहेको जानकारी दिनु भयो । श्रोत व्यक्ति अधिवक्ता तेज राज उपाध्याले जनगुनासको अवधारणा, कानूनी आधार, नेपालको सन्दर्भमा यसको अवस्था र धनगढी उप महानगरपालिकाको जनगुनासो सुनाइ व्यवस्थापन कार्यविधि २०७९ बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको संचालन परियोजना संयोजक मिन शाहीले गर्नु भएको थियो ।

धनगढी उप महानगरपािलकाले नमस्ते मेयर जनगुनासको सुनाइ व्यवस्थापन कार्याविधि २०७९ बनाई यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाइयो । जन गुनासोलाई टोल फ्रि नम्बर, एसएमयस, वाट्सएप, इमेल, वेवसाइडबाट जनगुनासो आउने गरेको र जनगुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको पाइयो । धेरै जसो गुनासा सिधै मेयरकहा जाने र त्यसको समाधानका लागि मेयर आफैले सकृय भएर गर्ने गरेको पाइयो । यस कार्यक्रमले जनगुनासो व्यवस्तापनमा ठूलो सहयोग पुग्ने र आगामी दिनमा यसलाई निरन्तरता दिनु पर्ने धारणा सचिवालय प्रमुख कृपाराम उपाध्याले व्यक्त गर्नु भयो ।
जनगुनासो व्यवस्थापनमा धनगढी उप महानगरपालिका अगृणी रुपमा रहेको र जनगुनासो सुनाइ व्यवस्थापनमा विशेष चासो दिएको परिपेक्षमा यस कार्यक्रमले थप उर्जा दिएको जानकारी प्रमुख प्रशासकिय अधिकृतले व्यक्त गर्नुभयो । धनगढी उप महानगरपालिका वडा नं ११ का वडाध्यक्ष रुप बहादुर कुवरले पनि यो कार्यक्रम एकदमै प्रभावकारी भएको र यसले जनगुनासो व्यवस्थापनमा महत्वपुर्ण भूमिका खेल्नेमा पूर्ण आशावादी रहेको कुरा व्यक्क्त गर्दै निड्स नेपाललाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागिता करिब ३० जनाको सहभागिता रहेको थियो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap