नांगो गाउँ’लाई बक्स अफिसमा ‘दयाहाङ-मिरुना


लेखक : सुन्दराञ्चल      अशोज २, २०८० मा प्रकाशित     
नांगो गाउँ’लाई बक्स अफिसमा ‘दयाहाङ-मिरुना

काठमाडौं असोज २   । चलचित्र विकास बोर्डले आधिकारिक कमाइ त सार्वजनिक गरिसकेको छैन, तर दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ घरेलु बक्स अफिसमा ‘हिट’ हुने बाटोतर्फ उन्मुख छ । मंगलबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत हाराहारीमा छ जुन ‘विकडेज’का लागि आक्रामक नै हो ।

सप्ताहन्तमा समेत कतिपय फिल्मलाई १० प्रतिशत अकुपेन्सीको आँकडा पार गर्न हम्मेहम्मे परिरहेको बेला ‘नांगो गाउँ’ले ३५ प्रतिशत हाराहारीको अकुपेन्सी कायम राखेको छ, त्यो पनि विकडेजमा । हल सञ्चालकका अनुसार यो फिल्मले दर्शकलाई हलसम्म फर्काउन केही हदसम्म सफल भएको छ ।

मुख्यतः ‘नांगो गाउँ’को सुखद ओपनिङ हुनुमा केही फ्याक्टर कारण छन् । एकपछि अर्को ब्लकबस्टर फिल्म दिइरहेका दयाहाङ राई र मिरुना मगरको फ्याक्टर फिल्मको ओपनिङ सुखद हुनुमा प्रमुख कारण देखिएको छ । ‘जारी’ र ‘कबड्डी ४’ ले निर्माण गरेको दयाहाङ–मिरुनाको ‘सेलिब्रिटी कल्ट’को फाइदा यसमा देखिएको छ ।

अधिकांश दर्शकलाई प्रारम्भिक चरणमा हलसम्म तान्नमा यी दुई कलाकारको भूमिका प्रमुख देखिएको अनुमान गरिएको छ । दोस्रोमा– तीज, शनिबार र संविधान दिवससहितका एकपछि अर्को सार्वजनिक बिदा । लगातारको सार्वजनिक बिदाको अर्को फाइदा पनि फिल्ममा देखिएको छ । तेस्रो– नांगो गाउँको समीक्षा त्यति नकारात्मक देखिएन ।

निर्देशक लामा आफ्ना फिल्ममा ग्रामीण आयामलाई राजनीति र समाजसँग जोड्न चाहन्छन् । जब पात्र नै कथाभित्र छिर्दिन्छ, तब फिल्मसँग दर्शक ‘कनेक्ट’ हुन्छन् । सर्वसाधारणलाई सिंहदरबारको राजनीतिभन्दा गाउँले राजनीति र त्यसको दाउपेचले अर्थ राख्छ, स्थानीय चुनावको यो माहोललाई दीपेन्द्रले फिल्ममा बुनेका छन् । जसको दर्शकीय मनोविज्ञान बक्स अफिसमा देखिएको हुन सक्छ ।

स्टारकास्ट र व्यापक प्रचार हुँदाहुँदै पनि ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । प्रमुख मल्टिप्लेक्सले यो फिल्मको शोमा कटौती गर्दै ‘नांगो गाउँ’को शो बढाएका छन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap