
डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका वडा न.ं ५ काँडामाण्डौ मा रहेको नव प्रभात आधारभुत विद्यालयका विद्यार्थीहरुलाई मुत्तिनाथ विकास बैंकले निशुल्क पोषाक वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नवप्रभात मा.विका वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थी हरुलाई पोषाक हस्तान्तरण हरेको हो । मुत्तिनाथ विकास बैंकका शुदूरपश्चिम प्रमुख उमेश जोशीले विद्यालयकी शिक्षक रेखा जोशीलाई बैंकमा एक कार्यक्रमका विच पोषाक हस्तान्तरण गर्नु भएको हो । विद्यालयका प्रअ सिद्धराज जोशी र विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरि सिंह बटालाले विद्यालयमा अध्यनरत सम्पुर्ण छात्र छत्राहरुलाई बैंकले उपलब्ध गराएका पोषाक वितरण गर्नु भएको थियो । विपन्न परिवारका वालबालिकालाई पोषाक उपलब्ध गराएकोमा मुत्तिनाथ विकास बंैक परिवारलाई विद्यालयका तर्फबाट धन्यबाद ज्ञापन गरिएको थियो ।