नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताए,


लेखक : सुन्दराञ्चल      बैशाख १२, २०८० मा प्रकाशित     
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताए,

१२ वैशाख,  तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’

सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap