नवजीवन अस्पतालमा म्याद गुज्रिएको औषधि बेचेको थाहाँ पाइएपछि अस्पताल कारबाहीमा …?


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०७८ मा प्रकाशित     
नवजीवन अस्पतालमा म्याद गुज्रिएको औषधि बेचेको थाहाँ पाइएपछि अस्पताल कारबाहीमा  …?

धनगढी चैत्र ११ –नवजीवन अस्पतालमा म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढी उपमहानगरपालिका ४ रातोपुल स्थित नवजीवन अस्पताल कारबाहीमा परेको छ ।

सोही अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै बालका आफन्तहरू उजुरी लिएर कार्यालय पुगेपछि थिए । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहिवार २ लाख रुपैया जरिवाना गराएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउदै २ लाख रुपैया जरिवाना गरिएको बताए । उनले उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदुरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए ।

भने उता अस्पतालका डाक्टर निरज अर्यालले बिरामीका आफन्तले जबर्जस्ति औषधि लिएर गएको जिकिर गरेका छन्। उनले अस्पतालमा कार्यरत १०४ जना कर्मचारीको आफुले जिम्मेवारी लिन नसक्ने बताउदै औषधि बेच्ने कर्मचारीलाई भने सचेत गराएको बताए ।

डाक्टर अर्यालले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले जरिवाना गरेको स्वीकार गरे ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap