नयाँ दल दर्ता गर्न महन्थ ठाकुरलगायतका नेताहरू निर्वाचन आयोगमा


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
नयाँ दल दर्ता गर्न महन्थ ठाकुरलगायतका नेताहरू निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गर्न महन्थ पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू आयोगमा पुगेका हुन् ।

महतोले आफूहरू दल दर्ता गराउन आएको बताए । ‘चुनाव चिह्न साइकल माग गरिएको छ,’ उनले भने, ‘पहिलेको कार्यकारिणी समितिका १६ र संसदीय दलका साथीहरूमध्ये १५ जना सांसदहरू यो दर्ता गराउने प्रक्रियामा हुनुहुन्छ ।’ उनले रेशमलाल चौधरी पनि आफूसँग भएको बताए । ‘रेशमलाल चौधरीले पनि औपचारिक रुपमा हाम्रो पार्टीलाई सहमति पठाउनु भएको छ,’ उनले भने ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap