नदी तर्ने क्रममा एसएसबीले तुईन काटिदिदा महाकालीमा एक जना वेपत्ता


लेखक : सुन्दराञ्चल      साउन १५, २०७८ मा प्रकाशित     
नदी तर्ने क्रममा एसएसबीले तुईन काटिदिदा महाकालीमा एक जना वेपत्ता

दार्चुला,१५साउन। ब्याँस गाउँपालिका २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुईन काटिदिदा एक जना नेपाली नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिह धामी वेपत्ता भएका हुन् । शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा नदीमा तुईन तर्दै थिए । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रसिह धामीले बताउनुभयो । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो उहाँले भन्नुभयोे, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी वेपत्ता भएका हुन् । पाँच छ जना स्थानियहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं धामीले भन्नुभयोे पाच छ जनातुईनबाट भारत तरेका थिए । जयसिह तर्ने बेला एसएसबी पुगेर तुईन काटिदिएको धामीले बताउनुभयो।

भारत पांगलमा रहेका एसएसबीले तुईन काटि दिएका हुन् । धामी वेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुईनमुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ ।

व्यासका नागरिकहरु खाद्यान्न, औषधी, र आवतजावत यहि तुइनमार्फत आउतजावत गर्दै आएका छन् । बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् । अहिले घट्नास्थलमा प्रहरी र सशस्त्र प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap