दार्चुला,१५साउन। ब्याँस गाउँपालिका २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुईन काटिदिदा एक जना नेपाली नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिह धामी वेपत्ता भएका हुन् । शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा नदीमा तुईन तर्दै थिए । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रसिह धामीले बताउनुभयो । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो उहाँले भन्नुभयोे, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी वेपत्ता भएका हुन् । पाँच छ जना स्थानियहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं धामीले भन्नुभयोे पाच छ जनातुईनबाट भारत तरेका थिए । जयसिह तर्ने बेला एसएसबी पुगेर तुईन काटिदिएको धामीले बताउनुभयो।
भारत पांगलमा रहेका एसएसबीले तुईन काटि दिएका हुन् । धामी वेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुईनमुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ ।
व्यासका नागरिकहरु खाद्यान्न, औषधी, र आवतजावत यहि तुइनमार्फत आउतजावत गर्दै आएका छन् । बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् । अहिले घट्नास्थलमा प्रहरी र सशस्त्र प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो ।