नदीले कटान तिब्र पारेपछि टिकापुरका केही बस्तीमा त्रास


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
नदीले कटान तिब्र पारेपछि टिकापुरका केही बस्तीमा त्रास

धनगढी ११ भाद्र । कैलालीको टीकापुर नगरपालिका ७ नं. वडा कार्यालयले एक सूचना जारी गरी वडाबासीलाई सजग रहन अपिल गरेको छ। कर्णाली नदी कटानले वडा नं. ५ शाहीपुरस्थित तटबन्ध भत्किने क्रम तीब्र बनेकाले बाढी आउन सक्ने भन्दै वडा कार्यालयले वडाबासीलाई सचेत गराएको हो।

वडाध्यक्ष रामलाल डगौरा थारुद्वारा जारी सार्वजनिक सूचनामा कुनै पनि बेला गाउँमा बाढी पस्न सक्ने सम्भावना रहेको उल्लेख छ। सो सूचनामा वडा नं. ५,६,७ र ८ का पूर्वी क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा रहेको बताइएको छ।

सो क्षेत्रमा कर्णाली नदीले कटान तीब्र पारेको छ। वडा नं. ५ का वडाध्यक्ष रामशंकर डगौराले नदीले पूरानो तटबन्ध सबै बगाएको बताए। उनले रानी जमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नयाँ तटबन्धसमेत भत्किन थालेको जानकारी दिए। ‘पूरानो तटबन्ध त सबै बगाइसकेको छ’ उनले भने, ‘पछाडी रहेको नयाँ तटबन्धसमेत भत्किन थालेको छ।’

आयोजनाले नदी कटान रोक्नका लागि कटान भैरहेको ठाउँमा ठूल्ठूला ढुंगा राख्दै आएको छ। विगत केही दिनदेखि कटान भएको ठाउँमा राखेका सबै ढुंगा नदीले बगाएको सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले जानकारी दिए।

उनले नदी कटान तीब्र बन्दै गएपछि जोखिम बढ्दै गएको बताए। ‘पछाडी अर्को तटबन्ध त छ’ उनले भने, ‘तर जोखिम भने बढेको छ।’

नदीले तीब्र कटान जारी राखेपछि स्थानीय रोकथामका लागि प्रयास गरिरहेका छन्। उनीहरु बालुवा भरेका बोरा र झारपात राखेर नदी कटान रोक्ने प्रयास गरिरहेका छन्। ‘हामी प्रयास त गरिराखेका छौं’ बडघर चन्द्रबहादुर रोकामगरले भने, ‘हाम्रो प्रयासले नदी कटान रोक्ने अवस्था देखिँदैन।’ उनले कुनै पनि बेला नदी गाउँ पस्ने खतरा बढ्दै गएको बताए।

नदी गाउँ पस्ने जोखिम बढेपछि स्थानीयमा त्रास फैलिएको छ। तटीय क्षेत्रका बासिन्दा बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन्। बडघर रोक्कामगरले बालबालिका र वृद्धवृद्धालाई टीकापुर नगरपालिका–१ स्थित बाढी पीडित शिविरतर्फ पठाइएको बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap