बाजुरा वैशाख २० ( बुढीगंगा नगरपालिकाका नगर प्रमुखका उम्मेदवार रङ्गबहादुर खातीले नगरका वडा मिलानमा देखिएको समस्याका विषयमा आफु गम्भीर रहेको बताएका छन् ।
नगर प्रमुखका उम्मेदवार रङ्गबहादुर खातीले चुनावी प्रचार प्रसार तथा घरदैलो भेटघाट कार्यक्रमका क्रममा साविकको ब्रह्मतोला गाविस पुगेका खातीले वडा मिलान नमिलेका बारेमा गम्भीर भएको बताए ।
साविकको ब्रहमतोला तथा अहिलेको बुढीगंगा नगरपालिका वडा नम्बर ।२ र ३ वडा संरचनाको नमिलनेको बताए ।
भौगोलिक रुपमा समेत वडाको संरचना नमिलेकाले आफु नगर प्रमुखमा जितेपछि संचरनाका मिलानमा लाग्ने बताए ।
स्थानीय तह संरचनामा ब्रह्मतोलामा वडा समायोजनका बिषयमा विवाद देखिएको थियो । वडा संरचनाको बिषयमा स्थानीय जनताहरु असन्तुष्ट देखिएका छन् स्थानीयको आवाजलाइ आत्मसात दिदै स्थानीय स्थानियको माग केहो आफूजितेर आएपछि मेरो पहिलो प्रथामिक्ता वडा मिलानमा रहने बताए ।
स्थानीयले विभिन्न समयमा वडा संरचनाका बिषयमा आन्दोलन तथा दबाबमूलक कार्यक्रम अगाडी बढाउदा समेत माग सम्बोधन नभएको कुरा राखेका थिए ।
वडाका मतदातासंगको सात्क्षाकार तथा घरदैलो अभियानमा वडाको गुनासो आएपछि खातीले नगरमा काँग्रेसको नेतृत्वको सरकार आएमा यो बिषयमा गम्भीर भएर आफ्नो तर्फबाट हुने सबै प्रयास जारी राख्ने कुरा प्रष्ट पारेका छन् ।
प्रचार प्रसारका क्रममा नेपाली काँग्रेसका तर्फबाट उप प्रमुखका उम्मेदवार रिता शाही वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार नर बहादुर थापा लगायत वडा सदस्यका उम्मेदवारहरु वडा नम्बर३ का वडा अध्यक्षका उम्मेदवार गोरख रौले,वडा सदस्यका उम्मेदवारहरु लगायत सयौं भन्दा बढी नेता कार्यकर्ताको मतदाता भेटघाट तथा घरदैलो अभियानमा सहभागी छन् ।