धनगढी बैशाख ६ , धनगढी शिवनगर ५ मा सञ्चालित चैतन्य पाठशाला स्कुलले धनगढी उपमहानगरपालिकाले गरेको विद्यालयमा शुल्क वृद्धि नगर्न पाउने निर्णयको स्वागत गरिएको छ ।उक्त धनगढी उपमहानगरपालिकाले निजि विद्यालयमा यस बर्ष गत बर्षकै शुल्क यथावत राख्ने निर्णय गरेको छ । भने धनगढीलाई शैक्षिक एंवम् संस्कृति मानव नगर बनाउने लक्ष्यका साथ सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रधानाध्यापक हरि प्रसाद जोशीले बताए ।
उपमहानगरले शुल्क सम्बन्धित विषय मात्र उठान गर्नुभन्दा पनि नगर शिक्षा ऐन २०७४ बमोजिम गुणस्तर शिक्षा मापन, नियमित विद्यालय अनुगमन, बर्गीकरण शुल्क सब्बन्धित व्यवस्था, कर्मचारीहरुको पदीय आचरण पुरुस्कार तथा दण्ड लगायतका कार्यक्रमहरु पनि लागूगर्नु पर्ने जोड दिएको छ ।
यस्तैगरी शुल्क वृद्धि नगर्न गरेको निर्देशनले विद्यालयलाई तत्काल केहि प्राविधिक रुपमा असर पेर पनि गुणस्तरिय शिक्षा र संस्कारयुक्त व्यवहार प्रवद्र्धमा सधैँ विद्यालय प्रतिबद्ध रहने प्रधानाध्याकप जोशीले बताएका छन् ।