ध्यान : मनरोगबाट बचाउने अचुक उपाय


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
ध्यान :  मनरोगबाट बचाउने अचुक उपाय

परिवार, करियर, कमाई, प्रतिस्पर्धाले हामीलाई अशान्त बनाएको छ । यसले हाम्रो मनमा तनाव पैदा गरिदिएको छ । जीवन बोझिलो भएको छ । हामी भित्र–भित्रै इष्र्य, चिन्ता, डर, उदासीले छटपटाइरहेका छौं ।

हामी आफ्नो भविष्य सोचेर भयभित छौं । हामी आफ्नो विगत सम्झेर पछुतोमा छौं । भनौं, हामी अशान्त, अधैर्य छौं ।

त्यही कारण त हामीलाई अनेकथरी रोगले च्याप्न थालेको छ । चिन्ता, डिप्रेसन, उच्च रक्तचाप, मधुमेह सबै यीनै मानसिक विकारको उपज हुन् ।

आज हामी मनोचिकितसक, मनोवैज्ञानिक तथा मुटु रोग विशेषज्ञकहाँ धाइरहेका छौं । त्यतिमात्र हैन, आर्थिक अभाव, सम्बन्धमा आएको खटपटका कारण पनि हामीमा चिन्ताको पारो बढेको छ ।

यस्तो तनावले हाम्रो मन र मस्तिष्कलाई प्रभावित पार्छ । मन र मस्तिष्क अस्वस्थ्य भएमा शरीरमा कयौ प्रकारको रोग निम्तने गर्छ ।

अध्ययनले जनाए अनुसार यस किसिमको अस्थिर मानसिकताले हाम्रो शरीर र मन दुबै रोगी बनाइदिन्छ । यसैको नतिजा हो, उच्च रक्तचाप, मधुमेह, मुटु रोग, सास प्रश्वास सम्बन्धि समस्या, पाचन प्रणालीको समस्या, मांसपेशी दुख्नु ।

भनिन्छ नि, बाहिरी सत्रुसँग लड्न सकिन्छ, आफैसँग लड्न कठिन हुन्छ । हामी आफैभित्रको विकारसँग लड्न सक्दैनौं । हामीलाई आफैभित्रको विकार तत्वसँग जुध्न र त्यसलाई परास्त गर्न मुश्किल हुन्छ । मनभित्रको औडाह, वेचैनी, भय, चिन्ता, उदासीसँग कतिपय भाग्ने चेष्टा गर्छन् । तर, भागेर कहाँ जाने ? भाग्नु कुनै समस्याको समाधान होइन ।

आफैभित्रको यी विकारसँग हामी लड्ने, जुध्ने भन्दा पनि व्यवस्थापन गर्ने विधी सर्वोत्तम हो ।

ध्यान विधी

पछिल्लो केही वर्षदेखि भावना र तनावलाई नियन्त्रण गर्न मानिसहरु मन ध्यान तर्फ आकर्षित हुन थालेको छ । ध्यान गर्नाले शरीर तथा मतिष्कलाई निकै फाइदा पुग्छ ।

जब हामी एक पटक ध्यान गर्न सिक्छौ, तब हामीसित प्रत्येक समस्याको समाधान निस्कन थाल्छ । ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।

यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पु¥याउँछ जहाँ भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ । ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूँको त्यूँ रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आफ्नो समस्या र दुखपिडाको बारेमा कुनै आभाष हुँदैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार , सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ । तनावलाई  सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि काबु पाउने गछौ । यही विद्यामार्फत हामी सुख, शान्ती तथा आनन्दको बाटो पहिल्याउन सफल हुन्छौ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap