धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज


लेखक : सुन्दराञ्चल      भदौ ११, २०७८ मा प्रकाशित     
धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो । यो चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय छ ।

चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ । धुर्मुस र सुन्तलीले पहिलो चरणको लकडाउनपछि चितवनका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरेका थिए । २ घन्टा लामो यो चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिनेछ ।

कलाकार तथा निर्देशक सितारामले भने–‘दर्शकलाई हामीले पूर्ण मनोरञ्जन दिने कोशिशका साथ यो चलचित्र निर्माण गरेका छौं । हामीलाई दर्शकले जुन चरित्रमा रुचाउनुभएको छ, सोही चरित्रमा नै यो चलचित्रमा हेर्न सक्नुहुनेछ ।’

कोरोना महामारीका कारण विगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र शुन्य जस्तै छ । तर, थुप्रै चलचित्रका निर्माताले भने ओटीटीबाट चलचित्र प्रदर्शन गर्ने हिम्मत गर्न सकेका छैनन् । सिताराम र उनको टिमले भने नयाँ ओटीटी प्लेटफर्मबाट यो चलचित्र रिलिज गरेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap