धाैलीगंगा बाँधका ढाेका भारतले खोल्नेआवतजावत नगर्न स्थानीलाइ प्रशासनले आग्रह


लेखक : सुन्दराञ्चल      भदौ १८, २०८० मा प्रकाशित     
धाैलीगंगा बाँधका ढाेका भारतले खोल्नेआवतजावत नगर्न स्थानीलाइ प्रशासनले आग्रह

 धनगढी १८ भदौ, । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धाैलीगंगा बाँधका ढाेका भारतले धाैलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खाेलेकाे छ ।

साेमबार बिहान ५ बजे खाेलेकाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढाेका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेकाे छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

भारतीय प्रशासनले बाँधकाे सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियाे ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढाेका खाेल्ने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap