धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बाजुराको नाटेश्वरी मन्दिर


लेखक : सुन्दराञ्चल      बैशाख ४, २०८१ मा प्रकाशित     
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बाजुराको नाटेश्वरी मन्दिर

महादेव गिरी संवाददाता

बाजुरा चैत्र ४, आज चैते दशैं । बिहानदेखि नै बाजुराको नाटेश्वरी कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिका मन्दिरमा पूजाअर्चना गर्ने को घुइँचो लागेको हो । हरेक वर्ष बाजुराको नाटेश्वरीमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले नाटेश्वरी कालिका मन्दीरको दर्शन गरे मनोकाँक्षा पुरा हुने बिस्वास गर्दै आएका छन् । समुन्द्री सतहबाट एक हजार ४ सय फिट उचाइमा अवस्थित यो मन्दिर बाजुराको त्रिवेणी नगरपालिका– ७ मा पर्छ। डेढ वर्षअघि ६ करोड रुपैयाँ लागतमा भव्य संरचनाहरूसहित मन्दिरको पुनर्निर्माण गरिएको छ। यहाँ मन्दिरबाहेक धर्मशाला, खानेपानीका धारा, मन्दिरसम्म पुग्ने सिँढी, मूल गेटसहित ठाउँ९ठाउँमा गेट र बलि चढाउने ठाउँको पनि निर्माण समेत गरिएको छ।

यस नाटेश्वरी कालिका मन्दीरमा भक्तजनको घुइँचो बढेपछि मन्दीरमा व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले अछाम,बाजुरा जिल्ला भित्रका टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बाजुरा नाटेश्वरीकालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

बाजुराको त्रिवेणी नगरपालिका बडीमालिका क्षेत्र भित्र प्रर्ने एक प्रसिद्ध शक्तिपीठ मध्य एक नाटेश्वरी कालिका मन्दिर हो । चैते दशैंमा हजारौँ भक्तजन आउने नाटेश्वरी व्यवस्थापन समितीले जानकारी दिए । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका आयोजक समीतिले बताए । यस मन्दिरमा आज चैते दशैको अबसरमा करिब दुई सय बोकाको बलि चढाइयको मन्दिर समितीले जानकारी दिए ।,

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap