धनगढी र अत्तरियामा टीभीएसको ‘अनस्टपेबल फ्रिडम’ अभियानको अनावरण


लेखक : सुन्दराञ्चल      फाल्गुन १, २०८१ मा प्रकाशित     
धनगढी र अत्तरियामा टीभीएसको ‘अनस्टपेबल फ्रिडम’ अभियानको अनावरण

 धनगढी  फाल्गुन १,, टीभीएस मोटरसाइकलको कैलालीको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स र अत्तरियाका लागि बागेश्वरी मल्टिमोटर्समा एक विशेष कार्यक्रम मार्फत ‘अनस्टपेबल फ्रिडम’ अभियानको औपचारिक अनावरण गरिएको छ । अभियानको अनावरण धनगढीको बागेश्वरी अटोमोटिभ्समा हिजो (बुधबार) गरियो भने अत्तरियास्थित बागेश्वरी मल्टिमोटर्समा मंगलबार गरियो । बागेश्वरीका सञ्चालक प्रेम साउँदको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका मोटरसाइकलका मेकानिकहरुको उपस्थिति रहेको थियो । यो अभियान टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भी एफडी र अपाचे आरटीआर १६० २ भी रीफ्रेश बीटी मोडेलका लागि ल्याइएको हो । जसअन्तर्गत २ वर्षसम्म समस्या रहित लिमिटलेस राइडको सुविधा प्रदान गरिने बताइएको छ ।

जगदम्बा मोटर्सले बाइक पारखीहरूलाई दुई वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्रदान गर्दै रु. ३१ हजारसम्मको बचतको अवसर दिने जनाएको छ । यो योजनाले ग्राहकहरूलाई सहज, सुरक्षित र चिन्तारहित यात्राको अनुभव दिने विश्वास कम्पनीको रहेको संचालक पण्डितले बताए । कार्यक्रममा सहभागी मेकानिकहरुले जगदम्बा मोटर्सले ग्राहकलाई लक्षित गर्दै नयाँ–नयाँ योजना ल्याउनु सकारात्मक कदम भएको बताए ।
आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा सुविधा आउनेमा उनीहरुले विश्वास व्यक्त गरे । टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट ह्यान्डलिङको संयोजनमार्फत ग्राहकहरूको मन जित्दै आएको छ । कम्पनीले आफ्नो सम्पूर्ण बाइक वा स्कुटरमा आजीवन वारेन्टीको सुविधा समेत प्रदान गर्ने जानकारी दिएको छ । नेपालभर १४० भन्दा बढी डिलर नेटवर्क रहेको जगदम्बा मोटर्सले टीभीएसलाई नेपालको सर्वाधिक रुचाइएको टू–विलर ब्रान्डका रूपमा स्थापित गरेको दाबी गरेको छ । यस अफर तथा अन्य योजनाबारे थप जानकारीका लागि ग्राहकहरू नेपालभरका टीभीएस डिलरशिपहरूमा सम्पर्क गर्न सक्नेछन् ।

\

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap