धनगढी रंगशालामा श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता हुने


लेखक : सुन्दराञ्चल      पुस २५, २०८० मा प्रकाशित     
धनगढी रंगशालामा श्री कलेज धनगढी कप फुटबल प्रतियोगिता हुने

धनगढी  पुष २५, :धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ । लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक नगर नयाँ बानेश्वर काठमाडौंको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गर्दै आयोजकले बताए ।
प्रतियोगिता फागुन ५ गतेबाट फागुन १२ गते सम्म धनगढी रंगशालामा सञ्चालन गरिने बताए । प्रतियोगितामा कक्षा १२ सम्म पढाइ हुने विद्यालय र कलेजहरुले सहभागीता हुन पाउने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल, ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष शाहीले बताए ।

प्रतियोगितामा कुल ११ लाख खर्च हुने अनुमान गरिएको र १६ ओटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap