धनगढी मटियारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलको सातौँ बार्षिक खेलकुद सप्ताह शुरु


लेखक : सुन्दराञ्चल      माघ १६, २०८१ मा प्रकाशित     
धनगढी मटियारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलको सातौँ बार्षिक खेलकुद सप्ताह शुरु

धनगढी,माघ १६, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलको सातौँ बार्षिक खेलकुद उत्सव तथा सांस्कृतीक कार्यक्रम शुरु भएको छ । राइजिङ स्टार बोर्डिङ स्कुलले साताब्यापी रुपमा खेलकुद कार्यक्रम शुरु गरेको हो।

बुधबार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले खेल सप्ताहको सुभारम्भ गरेका हुन्। खेल सप्ताह उद्घाटन गर्दै राज्यमन्त्री बमले शिक्षा सगैं खेल क्षेत्रमापनि बिद्यार्थीहरुलाई सहभागी गराउन सके बिद्यार्थीको समग्र बिकासमा योगदान पुग्ने बताए।शिक्षा सगैं बिभिन्न सामाजिक क्षेत्रमा उत्कृष्ठ कार्य गर्दै आएको राइजिङ स्टार बोर्डिङ स्कुलबाट अरुलेपनि सिक्नुपर्नेमा उनले जोड दिए।

स्कुलको बार्षिकोत्सवको पुर्वसन्ध्यामा स्कुलले खेल सप्ताह शुरु गरेको स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले बताए। बिद्यार्थीको समग्र बिकासका लागी खेल महत्वपुर्ण भएकाले सानै देखी खेलकुदमा प्रेरित गर्न खोजिएको  र स्कुल किताबी ज्ञान संगै मानविय जिवनमा आवश्यक पर्ने सबै ज्ञान बिद्यार्थीलाई होस भन्ने हेतुले खेलकुद संगै समग्र कार्यक्रम संग जोडिरहेको उनको भनाई छ।खेल सप्ताहमा क्रिकेट,फुटवल,कवड्डी,टेवल टेनिस,स्याकरेस,म्याथरेस, ब्याडमिन्टन, बास्केटबल, फरक रेस,स्पोन रेस,म्युजिकल चेयर,इन आउट लगायतका खेलहरु आयोजना गरिएका छन्।

मटियारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको राइजिङ स्टार बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षा संगै ब्यवहारिक ज्ञानलाई समेत निरन्तरता दिने प्रबन्धक निर्देशक शाहीले बताए।२०७२ सालमा स्थापना भएको राइजिङ स्टार बोर्डिङ स्कुलले यस्ता बिविध कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य शिव ओली, सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उप कुलपति डा.टिएन जोशी लगायतको उपस्थिती थियो। कार्यक्रममा खेलकुदसगै सांस्कृतीक कार्यक्रम समेत आया्जना गरिएका थिए।

 

No description available.No description available.No description available.No description available.
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap