धनगढी उप महानगरपालिका भित्र बिद्यार्थी कम भएका विद्यालय समायोजन हुन थाले


लेखक : सुन्दराञ्चल      साउन ३२, २०८० मा प्रकाशित     
धनगढी उप महानगरपालिका भित्र बिद्यार्थी कम भएका विद्यालय समायोजन हुन थाले

धनगढी साउन ३२, धनगढी उप महानगरपालिकाले गरेको निर्णय अनुसार धनगढीका सामुदायि विद्यालय समायोजन हुन थालेका छन् । उप महानगरपालिकाले बिद्यार्थी संख्या कम भएका, भौतिक संरचनाको अभाव भएका सामुदायिक बिद्यालय तथा केही बिद्यालयका कक्षाहरु समायोजन गर्ने निर्णय भएको थियो ।

धनगढीका ९ वटा विद्यालय समायोजन भई संयुक्त रुपमा पठनपाठन गर्न थालेका छन् । धनगढी उप महानगरपालिकाका अनुसार धनगढी–११ मा रहेको जोकैया आधारभुत बिद्यालय सोही वडाको वेला आधारभुत बिद्यालयमा समायोजन भई पठन पाठन सुरु भएको छ । सो बिद्यालयको कक्षा १ देखि कक्षा तीन सम्म समायोजन गरिएको थियो । त्यसैगरी धनगढी–१८ को नेपाल भू।पु सैनिक आधारभुत बिदालयका कक्षा २ र ३ सोही वडाको खप्तडी आधारभुत विद्यालय समायोजन भई पठनपाठन सुरु भएको उप महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातिले बताए । महाशाखा प्रमुखका अनुसार धनगढी–१७ मा रहेको कालिका आधारभुत विद्यालय कक्षा ४ र ५ सोही वडाको न्यू कालिका आधारभुत विद्यालय समायोजन भई पठनपाठन सुरु भएको छ ।

त्यसैगरी धनगढी–६ को भैरब बाबा आधारभुत विद्यालय सोही वडाको बासुदेवि माविमा समायोजन भई संयुक्त पठनपाठन सुरु भएको छ । भैरवबाबाका ६ देखि ८ सम्मका कक्षा बासुदेवि माविमा समायोजन गर्ने निर्णय भएको थियो । महाशाखा प्रमुख शाखतिका अनुसार धनगढी–९ स्थित सरस्वति आधारभुत विद्यालय नजिकै रहेको वडानम्बर–८ को धनगढी माविमा समायोजन भई पठनपाठन सुरु भएको छ । सरस्वति माविको ६ देखि ८ सम्मका कक्षा समायोजन गर्ने निर्णय भएको थियो ।

यस्तै धनगढी–१२ मा रहेको नवदुर्गा आधारभुत विद्यालय कक्षा ६ देखि ८ सम्मका कक्षा सोही वडामा रहेको दुर्गा आधारभुत विद्यालयमा समायोजना भएर पठनपाठन सुचारु भएको छ, भने धनगढी १५ को जनजागृति आधारभुत विद्यालय कक्षा ६ देखि ८ सम्म सोही वडाको राष्ट्रिय माविमा समायोजन भइ पठनपाठन सुरु गरिएको उप महानगरले जनाएको छ । यस्तै धनगढी १३ मा रहेको जनता राष्ट्रिय माविको कक्षा ९–१० सोही वडाका जनता राष्ट्रिय माविमा सयोजन भएका छन् भने धनगढी–१६ स्थित दिपेन्द्र चारपाते माविको ९ र १० कक्षा सोही वडाको बेहडाबाबा मा।विमा समायोजन भइ पठनपाठन सुरु भएको महाशाखा प्रमुख खातिले बताए ।

साउन १४ गते बसेको धनगढी उप महानगर पालिका कार्यपालिकाको बैठकले साउन १४ गते उप महानगरका १४ वटा सामुदायिक विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको थियो । वैठकले आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap