धनगढी उपमहानगरपालिकाले सडक सफा गर्ने मेसिन ‘रोड वासर’ को उद्घाटन


लेखक : सुन्दराञ्चल      भदौ २५, २०८१ मा प्रकाशित     
धनगढी उपमहानगरपालिकाले सडक सफा गर्ने मेसिन ‘रोड वासर’ को उद्घाटन

भाद्र २५ ,धनगढी उपमहानगरपालिकाले सडक सफा गर्ने मेसिन ‘रोड वासर’ को उद्घाटन गरेको छ । सोमबार उपमहानगरको परिषरमा एक कार्यक्रमको आयोजना गर्दै उपमेयर कन्दकला रानाले सिटि बजाएर र हरियो झण्डा देखाएर ‘रोड वासर’को उद्घाटन गरेकी हुन ।

कालोपत्रे गरिएका सडकमा पानीको फोहरा दिएर सडक सफा गर्ने उद्देश्यले ‘रोड वासर’ खरिद गरिएको उपमहानगरले जनाएको छ । ६९ लाखको लागतमा खरिद गरिएको ‘रोड वासर’ ले फोहर र धुलाम्य भएको कालोपत्रे सडक सफा गर्नेछ भने त्यसले बोटविरुवामा पानी हाल्ने काम पनि गर्नेछ ।

उक्त ‘रोड वासर’ ले महामारीका बेला औषधी छर्किन पनि काम गर्ने बताईएको छ । उपमहानगरमा ‘रोड वासर’ को उद्घाटन पनि प्रदर्शन पनि गरिएको थियो । पानीको ट्यांकीमा धेरै प्रकारका प्रविधि जडान गरेर ‘रोड वासर’ लाई प्रयोगमा ल्याउने उपमहानगरले जनाएको छ । उद्घाटन कार्यक्रम पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै मेयर गोपाल हमालले ‘हाम्रो धनगढी सफा धनगढी’ अभियान सफल पार्न ‘रोड वासर’ खरिद गरिएको बताए । उनले सानो सानो आगलागी नियन्त्रणका लागि पनि ‘रोड वासर’ प्रयोगमा आउने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap