धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवशमा कर्मचारी, बिद्यार्थी, शिक्षक सम्मानित,


लेखक : सुन्दराञ्चल      अशोज १, २०८१ मा प्रकाशित     
धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवशमा कर्मचारी, बिद्यार्थी, शिक्षक सम्मानित,

धनगढीः असोज १,  कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यार्थीदेखि कर्मचारीसम्मलाई नगदसहित सम्मान गरेको छ। धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीदेखि उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको हो। उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहबाट उनीहरूलाई नगदसहित प्रमाण पत्र दिइएको छ। उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने सातवटा संस्थालाई सम्मान गरेको छ।

चार लाख ९७ हजार सहयोग गर्ने माछापुच्छ्रे बैँक, पाँच लाख सहयोग गर्ने एलआरआए स्कुल, पाँच लाख सहयोग गर्ने गोलोबल बैँक, पाँच लाख सहयोग गर्ने कृषि विकास बैँक, पाँच लाख २५ हजार सहयोग गर्ने हिमालयन डिस्टिलरी, पाँच लाख २५ हजार सहयोग गर्ने भाटभटेनी र १३ लाख १५ हजार सहयोग गर्ने शिखर इन्सुरेन्सलाई सम्मान गरिएको छ। उपमहानगरपालिकाले ६ लेन सडकमा तारजालीसहित वृक्षारोपणमा सहयोग गर्ने २ संस्थालाई समेत सम्मान गरेको छ। धनगढी विमानस्थल चोकदेखि मोहनपुर गेटासम्म ५० लाखको तार जालीसहित वृक्षारोपण गरेको सूर्य नेपाल प्रालि र धनगढी चौराहादेखि भन्सारसम्म तारजालीसहित वृक्षारोपणमा सहयोग गरेको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजलाई सम्मान गरिएको छ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap