धनगढी उपमहानगरपालिकाको नगरसभा तथा १५औं अधिवेशन मा आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। कार्यक्रममा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलाई गौरवको कार्यक्रमको रूपमा निरन्तरता दिने ,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरिने, हाम्रो धनगढी सफा धनगढी अभियानलाई प्रभावकारी बनाउने ,उज्यालो धनगढी अभियान हरियाली प्रवर्धन कार्यक्रम हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान सञ्चालन गर्ने, प्रदेश स्तरीय सीप तथा रोजगार मेलालाई निरन्तरता दिने ,युवाहरूलाई कतबचत या व्यवसायमा संलग्न गराई पढ्दै कमाउने अवसरको सिर्जना गराउने, आधुनिक खाद्य परिकारको प्रवर्द्धन गरी विभिन्न परिकारहरूको फेस्टिवल कार्यक्रम सञ्चालन गर्ने, जहाँ खाली त्यहाँ हरियाली कार्यक्रमलाई निरन्तरता दिई वृक्षारोपण कार्यक्रम लाई निरन्तरता दिने, फूलबारी,( धनगढी अत्तरिया (धनगढी कनरी (रामपुर चौमाला (धनगढी पथरी (वनबेडा धनगढी (बेली जुगेडा (भुइँयाघाट बङ्गरा( धनगढी घोडसुवा (स्याउले रुटमा थप नगर बस सेवा सञ्चालन गर्ने ,हर घढी नगर प्रहरी अभियान मार्फत नगर प्रहरीलाई साधन स्रोतसहित थप सशक्त बनाउने, कृषि विकासतर्फ बैंक तथा वित्तीय संस्थाबाट आवश्यक ऋण सुविधा लिएर व्यवसाय सञ्चालन गर्ने कृषकका लागि ऋणको ग्यारेन्टी गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष अन्तर्गत धनगढी उपमहानगरपालिका समेतको साझेदारीमा स्थापना हुने ऋणगत कृषि कर्जा सुरक्षण कार्यक्रम मार्फत साना तथा मझौला कृषकहरूलाई सहुलियत ऋण मार्फत आवश्यक कार्यक्रम सञ्चालन गर्ने, महानगरभित्र सञ्चालन भएका हाटबजारमा सरोकारवालाको समन्वयमा नियमित रुपमा विषादी परीक्षण गर्ने, भूमिहीन सुकुम्बासी जनजाति द्वन्द पीडितहरूका लागि जीवनस्तर उकास्न पुष्प तरकारी एवं च्याउखेती विकास कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङगको साझेदारीमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर कम गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, उपमहानगरका सबै वडामा आर्थिक गतिविधि बढाई स्थानीय उत्पादनको स्थानीय स्तरमै खपत गराउन एक वडा एक आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने ,स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि फुड फेस्टिवल कार्यक्रम सञ्चालन गर्ने, २०८१ सालदेखि सञ्चालित शनि वारिए महिला उद्दम बजारलाई निरन्तरता दिइने, सीप तथा रोजगार मेला सञ्चालन गरी युवा रोजगारी लक्षित कार्यक्रमलाई निरन्तरता दिने,, दलित अभियन्ता कार्यक्रम लाई निरन्तरता दिने, दलित अभियन्ता टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम लाई समेत निरन्तरता दिने, हाम्रो धनगढी सफा धनगढी अभियानलाई निरन्तरता दिन विद्यालय स्तरबाटै शिप विकास गर्न विद्यालय क्षेत्र वरपरको १००० मिटरको क्षेत्रलाई फोहोर महिला मुक्त क्षेत्रको रुपमा विकास गरी हरेक शुक्रबार सरसफाई गर्ने र विद्यालयले गरेको सरसफाईको वार्षिक मूल्याङ्कनको आधारमा सर्वोत्कृष्ट ठहरिएका एक सामुदायिक र एक संस्थागत विद्यालयलाई पुरस्कृत गर्ने नीति लिने, विज्ञान तथा प्रविधिको प्रवर्द्धन गर्न अनुसन्धानमूलक कार्यक्रमहरू सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिने , लागू पदार्थ दुर्वेसन विरुद्ध विशेष अभियान सञ्चालन गर्ने, फुलबारी नगर अस्पताललाई थप सेवा विस्तार गरी सञ्चालन गर्ने, उपमहानगरपालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकाहरूका लागि अल्पकालीन पुनर्स्थापना केन्द्र सेफ हाउस सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिने, धनगढी सिटिहल थारु संग्रहालय पटेला तथा रानाथारु संग्रहालय राजपुर सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने, स्थानीय कलेज तथा शैक्षिक संस्थासँग समन्वय गरी सूचना प्रविधि क्षेत्रमा अध्ययनरत युवाहरूलाई इन्टर्नसिप तथा स्वयंसेवक कार्यक्रममा आबद्ध गर्ने, उज्यालो धनगढी कार्यक्रम सञ्चालन तथा विद्युत पहुँच नपुगेका टोल बस्तीमा विद्युत पुर्याउने कामलाई निरन्तरता दिने, प्रत्येक वडाको कम्तिमा एउटा सामुदायिक विद्यालयमा विपत सिकाई केन्द्र स्थापना गरी सिकाई केन्द्र मार्फत विपदसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने बताईयका्े छ ।