धनगढीमा १९ वटा सडक कालोपत्रको काम अन्तिम चरणमा


लेखक : सुन्दराञ्चल      बैशाख १५, २०८२ मा प्रकाशित     
धनगढीमा १९ वटा सडक कालोपत्रको काम अन्तिम चरणमा

बैशाख १५,: सुदूरपश्चिम प्रदेश सरकारले ६ वटा ठेक्का मार्फत धनगढीका १९ सडक कालोपत्र गर्न सम्झौता गरेको थियो। प्रदेश सरकारले गत वैशाखमा सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेकोमा काम अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा १५ किलोमिटर नाली र ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको हो। हालसम्म १२ वटा सडकको नालीसहित कालोपत्रको काम सकिएको पूर्वाधार कार्यालय, धनगढीका सूचना अधिकारी विनोद खड्काले बताए। उनले भने, ‘कालोपत्रको काम हुँदैछन्। १०/१२ सडक कालोपत्र गरिएका छन्। केहीको चैतमा समय सकिएको छ। केहीको असारमा सकिदैछ।’ पूर्वाधार विकास कार्यालय, कैलालीले ५२ करोड चार लाख ३४ हजार चार सय ५० रुपैयाँमा ६ वटा ठेक्का मार्फत सडक कालोपत्र गर्दै

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap