धनगढीमा लालसलाम कप-२०८१ भलिवल प्रतियोगिता हुने


लेखक : सुन्दराञ्चल      चैत्र १४, २०८० मा प्रकाशित     
धनगढीमा लालसलाम कप-२०८१ भलिवल प्रतियोगिता हुने

धनगढी चैत १४, कैलालीको धनगढीमा लालसलाम कप–२०८१ क्याम्पस स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अनेरास्ववियु९क्रान्तिकारी० कैलाली जिल्ला समितिको आयोजनामा उक्त भलिवल प्रतियोगिता हुन लागेको हो ।

आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी बैशाख १५ गतेदेखि प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा प्रदेशभरीका ३० टिमको सहभागिता रहने अनेरास्ववियु९क्रान्तिकारी० कैलालीका अध्यक्ष शिवराज सञ्ज्यालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम टिमलाई रु। १ लाख २५ हजार,द्धितीयलाई ८१ हजार र तृतीयलाई ५१ हजार एवं ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

खेल भलिवल संघको नियम अनुसार खेलाइने,टिम दर्ता गर्दा खेलाडीको नाम अनिवार्य दिनुपर्ने,९ जना खेलाडीलगायत १ जना प्रशिक्षक र एक जना व्यवस्थापक गरि ११ जना हुनु पर्ने तथा खेलाडी सम्बन्धित क्याम्पसमा अध्ययनरत रहेको प्रमाण पत्र पेश गर्नुपर्ने आयोजकले जनाएको छ ।
टिम दर्ता समय आगामी बैशाख १ गतेदेखि १४ गतेसम्म रहने तथा दर्ता शुल्क रु।७ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता आगामी बैशाख २२ गतेसम्म धनगढी रंगशालामा हुने जनाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap