धनगढीमा रहेको राईजिङ्ग स्टार ईङलीस बोडिङ्ग स्कुलको ७ औँ वार्षिकोत्सब सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन १६, २०८१ मा प्रकाशित     
धनगढीमा रहेको राईजिङ्ग स्टार ईङलीस बोडिङ्ग स्कुलको ७ औँ वार्षिकोत्सब सम्पन्न

महादेव गिरी धनगढी फागुन १६, धनगढीमा रहेको राईजिङ्ग स्टार ईङलीस बोडिङ्ग स्कुलले ७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । आज शुक्रबार बिद्यालयका अध्यक्ष कलेन्द्र शाहिको सभापतीत्वमा भएको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभासद धर्मराज पाठक रहेका थिए । वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न नाचगानसहित बिभिन्न सांस्कृतीक प्रस्तुती देखाएका थिए । यस्तै बर्षभरी बिभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापमा सहभागी भई उत्कृष्ठ हुने बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको छ । २०७५ सालमा स्थापना भई १७ जना बिद्यार्थी र ४ जना शिक्षक कर्मचारीबाट सुरु भएको स्कुलमा हाल ५२२ जना बिद्यार्थी र ३२ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालयका भाईस प्रिन्सिपल हरिश चन्द्र शाहिले मानव जिवनमा शिक्षा अभिन्न अंग रहेको भन्दै समाज र राष्ट्रलाई सुधार गर्न संस्कारसहितको शिक्षा आवश्यक रहेको बताए ।

उनले कार्यक्रममा सहभागी बिद्यार्थीका अभिभावकलाई शिक्षामा गरेको लगानी अहिले तुरुन्तै नपाईने र त्यो प्रतिफल पाउन केही समय लाग्ने बताए । राइजिङ्ग स्टारबाट उत्पादन भएका बिद्यार्थी कुनै न कुनै क्षेत्रमा सफल भएरै अघि बढ्ने र यस्मा अभिभावक ढुक्क रहन प्रतिबद्धता दिलाए ।विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै भाईस प्रिन्सिपल हरिश चन्द्र शाहिले बिगत हालसम्म गरेका बिभिन्न कृयाकलाप र आगामी योजनाबारे बिद्यार्थी अभिभावकलाई जानकारी गराएका थिए । बिगतमा बरिष्ठ साहित्यकार, खेल क्षेत्र, चलचित्र तथा जिवनशैली बिज्ञ तथा प्रेरक ब्यक्तित्वहरुसँग बिद्यार्थी तथा अभिभावकबिच अभिभावकबिच भेटघाट छलफल गराइएको विद्यालयका भाईस प्रिन्सिपल हरिश चन्द्र शाहिले बताए ।

जलबायु मैत्री,धान दिवस, एक हप्ता हस्तलेखन, प्रथम सन्ध्याकालीन सांस्कृतीक मिनी मेलामा तृतिय, लागुपदार्थ नियन्त्रणमा बिद्यार्थी भुमिका शिर्षक निवन्ध प्रतियोगितामा प्रथम र शैक्षिक प्रर्दशनीको बिद्यालयस्तरीय बक्तीत्व प्रतियोगितामा तृतिय। नियमित सरसफाई र समुदायमा सरसफाई सम्बन्धी जनचेतना फैलाएकोमा धनगढी उपमहानगरबाट नगद ५ लाख ट्रफीसहित सम्मान भएको थियो । भाईस प्रिन्सिपल हरिश चन्द्र शाहिले आगामी दिनमा कक्षा ८ सम्मको पढाईलाई प्रबिधिमैत्री बाताबरणमा सुरु गर्ने, ब्यवस्थीत मन्टेश्वरी सञ्चालनमा ल्याउने, मन्टेश्वरीका बिद्यार्थीलाई मध्येनजर राख्दै ब्यवस्थीत प्लेस्टेसन सञ्चालनमा ल्याउने, अन्डर अ‍ेट टुरामेन्ट प्रतियोगिता गरिने र केही बर्ष भित्रै सुबिधा सम्पन्न बिद्यालय भवन निर्माण गर्ने योजना रहेको उनले बताए ।

बिद्यालयका शिक्षक गणेश दाहालले स्वागत मन्तव्य राख्दै राइजिङ्ग स्टार वोडिङ्ग स्कुलले अहिलेको समय अनुसार युग सुवादो शिक्षा दिईरहेको बताएका छन् । बिद्यार्थी सुलोचना भण्डारीले स्वागत मन्तव्य राख्दै अहिले समयमा राजिङ्ग ईस्टार स्कुलले धनगढीमा रहेका हरेक स्कुलको दाँजोमा राजिङ्ग स्टार वोडिङ्गले पनि राम्रो गर्दै गएको उनले बताईन्। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभासद धर्मराज पाठक,बिशिस्ट अतिथि,कैलाली बहुमुखी क्याम्पसका सह प्रधानाध्यापक शिताराम भट्ट,सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका अध्यक्ष टिएन जोशी, दृश्टी फाउन्डेसनका अध्यक्ष कल्पना भट्ट लगायत बिभिन्न अतिथी, बिद्यार्थी अभिभावक, पत्रकार,लगायतको उपस्थिति रहेको थियो ।

No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap