धनगढीमा रहेको डिलाइट ईङ्गलिस बोडिङ स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०८० मा प्रकाशित     
धनगढीमा रहेको डिलाइट ईङ्गलिस बोडिङ स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

महादेव गिरी संवाददाता

,धनगढी फागुन २४, धनगढी उप=महानगरपालिका वडा नम्बर ८ .मा रहेको डिलाइट ईङ्गलिस बोडिङ स्कुलको वार्षिकोत्सव तथा  अभिभावक दिवस आज बिहीबार एक कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री रिजालको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका साहायक क्याम्पस प्रमुख डा.लोकराज बिष्ट थिए ।
विद्यालयले २६ औं वार्षिकोउत्सवकोे अवसरमा खेलाउदै आइरहेको खेलहरुमा विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत अनुशासन, भाषा, कला, स्वच्छता जस्ता उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रोचक नृत्य, गीत, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत झल्काएका थिए । वि।स २०५४साल स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १० सम्म पठनपाठन गराउँदै आइरहेको छ । साथै स्थापनाकालदेखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिदै आइरहेको विद्यालयमा ६ सय ४० जना विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको विद्यालयका स्थापक तथा कोडीनेटर धुर्व बहादुर सिहँले सुन्दराञ्चल लाई बताए । वार्षिकोत्सव कार्यक्रमको सञ्चालन विद्यालयका स्थापक तथा कोडीनेटर धुर्व बहादुर सिहँले गरेका थिए ।

No description available.

भने कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा सदस्य बिस्णु राज जोशी ,ट्रेड युनियन सुदुरपस्चिम अध्यक्ष ग्यानेन्द्र बहादुर शाह ,प्यावसन धनगढीका अध्यक्ष नरेन्द्र शिङ्ह, पत्रकार गगन ऐडी, दिनेश बिष्ट, पुस्कर पैडेल,महादेव गिरी ,न्यज नेपाल टिभीका पत्रकार राजन जैगडी,देबेन्द्र पाण्डे,गुरुकुल एकेडेमीका फाउण्डर दिपक सुरि ,बिद्यालयका प्रधानाध्यापक, संकर खनाल,विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी, अभिभावकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap