धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले मनायो कला संस्कृति उत्सव


लेखक : सुन्दराञ्चल      अशोज २७, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले मनायो कला संस्कृति उत्सव

महादेव गिरी संवाददाता
धनगढी असोज २७, । धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशाला स्कुलले कला संस्कृति उत्सव मनाएको छ । शिक्षासँगै संस्कारलाई प्राथमिकता दिदै आएको चैतन्य पाठशालाले आज शनिवार विजया दशैं, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर कला संस्कृति उत्सव मनाएकोे हो । कार्यक्रममा बिभिन्न नाच गान बिद्यार्थीहरुले प्रस्तुत गरिनुका साथै जनचेतनामुलक नाटक तथा सुदुरपश्चिमको मौलिक खानाका परिकार पाठशालाले प्रर्दशनी गरेको थियो ।त्यस्तै देउडा कलाकारबाट मौलिक देउडा गित मार्फत देउडा खेलीएको थियो । भने कार्यक्रमको स्वागत मन्तब्य ब्यक्त गर्दै चैतन्य पाठशालाका प्रिन्सीपल अशोक राज खातीले कला र सभ्यता सँगै संस्कृती जोगाउने गर्ने हाम्रो उदेश्य रहेको बताए ।No description available.

शिक्षासँगै कला र संस्कृतीको मुल्य मान्यता बिद्यार्थीहरुमा जागृती गराउने र दक्ष, क्षमतावान, अब्बल बिद्यार्थी उत्पादन गर्ने उदेश्य चैतन्य पाठपाशालाको रहेको बताउँदै दशैँ तिहार तथा छठ पर्वको शुभकामना दिए । उनले शिक्षा र संस्कारकै कारण अहिले संस्कृतीको बिकास भैरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए ।

चैतन्य पाठशालकाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिमका प्रदेशका सभामुख भिम बहादुर भण्डारी रहेका थिए । प्रमुख अतिथि सभामुख भण्डारीले कला सस्कृतिलाई हामी सबैले जोग्रेर्ना गर्नुपर्ने बताएका थिए । उनले हाम्रो सुदुरपश्चिमको पहिचान, कला सस्कृतिलाई हामीले भुल्न नहुने भन्दै भोलिको पुस्ताले संस्कृतीबारे हामीले जोग्रेना गरेन भने भोली आउने पुस्तााले थाहा समेत नपाउने बताए । त्यस्का लागी संस्कृतीलाई बचाउन हामीले आ आफ्नो तर्फबाट लाग्नुपर्ने जोड दिए आग्रह गरे। यसमा प्रदेश सरकारबाट हुने सहयोग गर्न जहिले पनि आफू तयार रहेको बताए ।

कार्यक्रममा देउडा गायक भुवन दाहाल, देउडा गायीका डिग्रा देवी गाईने आ आफ्नो मोलिक देडडा गितबाट मनोरञ्जन प्रदान गरेका थिए । यस्तै बिद्यालयका बिद्यार्थीहरुले बर्तमान समयमा सामाजिक सञ्जाल तथा बिभिन्न दुब्र्यसन सम्बन्धी सचेतना मुलक नाटक प्रर्दशन गरेका थिए । यस्तै बिद्यार्थीहरुले बिभिन्न कथा कविता, नाटक, निवन्ध, लेख रचना सम्बन्धी पुस्तकका स्टलहरु तथा स्थानिय खानाका परिकार सजाएर प्रदर्शन गरेका थिए । यस्तै स्थानिय परिकार खिर,सेल, पुरी,अचार, थारुहरुको मौलिक ढिग्री, खरिया, पुरी चटनी प्रदर्शनीमा राखेका थिए ।No description available.
पाठशालकाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सभामुख भिम बहादुर भण्डारी, विशिस्ट अतिथि चैतन्य पाठशालाका प्रमुख सल्लाहकार तथा शिक्षा विद् डाक्टर हेमराज पन्त, एश्वर्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट, बिभिन्न स्कृलकाका प्रिन्सीपल लगायत बिद्यालयका शिक्षक तथा शिक्षीका, बिद्यार्थीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षक रमेश छेडाल र  हेमा जोशीले गर्नु भएको थियो ।No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap