धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु


लेखक : सुन्दराञ्चल      कार्तिक १७, २०७९ मा प्रकाशित     
धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

कात्तिक १७,  कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उप-महानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।

तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताए ।

उनले बुधबारबाट सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताए। मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापी रुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap