धनगढीमा ‘माईक्रोहार्ड कम्प्युटर’को तेस्रो शाखा सञ्चालनमा,


लेखक : सुन्दराञ्चल      जेष्ठ १७, २०८२ मा प्रकाशित     
धनगढीमा ‘माईक्रोहार्ड कम्प्युटर’को तेस्रो शाखा सञ्चालनमा,

कैलाली, जेठ १६ – धनगढी उपमहानगरपालिका अन्तर्गत निर्माण गेट नजिकै ‘माईक्रोहार्ड कम्प्युटर प्रा.लि’को तेस्रो शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको शाखाको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश धामीले गरे।

उद्घाटन समारोहमा बोल्दै सांसद धामीले निजी क्षेत्रको सक्रियता बिना समृद्धि सम्भव नहुने बताए। उनले रोजगार सिर्जना र देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

व्यवसायी विन्द्रा सिंहले विगत १८ वर्षदेखि आईटी क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएको बताउँदै धनगढी शाखाबाट सीसीटीभी, स्मार्ट बोर्ड, ल्यापटप, इन्क लगायत सामग्रीहरूको बिक्री तथा वितरण गरिने जानकारी दिइन्।

साथै, उनले आईटी सेवासम्बन्धी सम्पूर्ण परामर्श र सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्य रहेको बताइन्। “प्रविधिमा बढ्दो चासो, अनलाइन शिक्षा र सुरक्षाका आवश्यकतालाई ध्यानमा राख्दै व्यवसाय सुरु गरिएको हो,” सिंहले भनिन्।

कार्यक्रममा स्थानीय व्यापारी, सर्वसाधारण तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap