धनगढी जेठ ५ , धनगढीमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिकाको आयोजना तथा चैतन्य पाठशालाको व्यवस्थापन र सुन्दर नगर टोलको समन्वयमा एक दिने एच, पि, भि ,डियाने टेस्ट विधिबाट महिलाको पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम गरिएको हो ।
धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी रहेका थिए ।
त्यस्तै वडा नम्बर नं. ५ का सदस्य, दत्तुराम पाण्डे,विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी ,पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहँ, विद्यालयका शिक्षक, शिक्षीका, अभिभावक ,लगायत ३० वर्ष माथिका महिला दिदीबहिनीहरुको उल्लेख्य रूपमा सहभागिता रहेको पाठशालाले जानकारी दिए ।