मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिने ,


लेखक : सुन्दराञ्चल      जेष्ठ १६, २०८० मा प्रकाशित     
मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिने ,

महादेव गिरी संवाददाता

धनगढी जेष्ठ १६,  धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिने भएको छ । मनोसामाजिक समस्या र लैंगिक हिंसाको रोकथामको लागि अभियानकै रुपमा अभिमुखिकरण कार्यक्रम संचालन गर्न लागिएको वडा अध्यक्ष शेर बहादुर महराले बताए ।

जेष्ठ १० गते वडा कार्यलयमा वडा अध्यक्षको अध्यक्षतामा बसेको बैठकले सामाजिक रुपान्तरणका लागि सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बारेमा छलफल भएको अध्यक्ष महाराले बताए । धनगढी उपमहामनगरपालिकामा कार्यरत संघसंस्थाहरु संग समन्वय र सहकार्य गरी अभियान संचालन गर्न लागेको उनले बताए ।

विद्यालयका विद्यार्थी, शिक्षक अभिभावक, विद्यालय व्यवस्थापन समिति, आमा समुह, स्वास्थ्य स्वयम् सेविका, युवा कलव सरसफाई समिति सहित महिला र पुरुषलाई संगै राखेर अभिमुखिकरण कार्यक्रम संचालन गर्न लागेको वडा सदस्य महेन्द्र खड्काले बताए । बैठकमा सीएमसी नेपालका धनराज बिक, पिसविन नेपालका शिव सार्की, बसुन्धरा भट्ट र धनगढी उपमहानगरपालिकाका गिता पनेरुको सहभागिता रहेको थियो ।

बैठकले जेष्ठ १६ गते श्री शारदा माध्यामिक विद्यालय, १७ गते श्री सिदार्थ उच्च माध्यामिक विद्यालय, १८ गते ए गाउँ आधारभूत विद्यालयमा र १९ गते श्री नवदुर्गा आधारभूत विद्यालयमा पहिलो चरणको अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको वडा अध्यक्ष महाराले बताए । विद्यालयमा कार्यक्रम सकिएपछि समुदायमा पनि कार्यक्रम संचालन गरिने भएकोले धनगढी उपमहानगरपालिका र सामाजिक विकासको क्षेत्रमा कार्यरत संघसंस्थाहरु संग अभिमुखिकरण कार्यक्रम अभियानकै रुपमा सफल पार्न आवश्यक सहयोगका लागि महारले अनुरोध समेत गरेकाछन् ।

धनगढी उपमहानगरपालिका महिला विकास शाखामा कार्यरत महिला विकास अधिकृत पंकजा जोशीले वडा नम्बर १२ को बारेमा बढी संवेदनशील रहेको बताईन् । सामाजिक मूल्यमान्यता चुनौतीको रुपमा देखिएकोले हानीकारक सामाजिक अभ्यासका विरुद्ध अभिमुखिकरण कार्यक्रम संचालन गर्न आवश्यक रहेको जोशीले बताईन् । जेष्ठ ९ गते उपमहानगरपाकिामा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परयोजनामा कार्यरत कर्मचारीको मासिक बैठकमा वडा नम्बर १२ को सामाजिक समस्याको बारेमा व्यापक छलफल भएको थियो । वडा कार्यालय संग समन्वय गरी वडामा सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय भए बमोजिम कार्यक्रम गर्न लागिएको उनी बताउँछन् । केही समय पहिले आमा समुहसंग गरिएको छलफलमा महिलाहरुले विद्यालयमा विद्यार्थीहरु संग कार्यक्रम गर्दा समाजमा छिटो सकारात्मक प्रभाव पर्ने सुझाब दिएकोले समुदायकै सुझाब अनुसार कार्यक्रम अभियानकै रुपमा विद्यालयबाट संचालन गर्न लागेको उनले बताईन् ।

सीएमसी नेपालका कैलाली जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज विकले महिला शाखा र वडा सरकारले प्रामिकताका साथ सामाजिक परिवर्तनका लागि कार्यक्रम गर्न लागेकोले सबैले सहयोग गर्नुपर्ने बताए । वडा सरकार सामाजिक र मानविय विकामा जोड दिएर काम गर्न खोज्दैछ यो धेरै राम्रो पक्ष भएको विकले बताए । पिसविनका कार्यक्रम संयोजक सिव सार्कीले वडा सरकारले अभिमुखिकरण कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा लिएको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap