धनगढीमा भएको निता स्मृति राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रथम


लेखक : सुन्दराञ्चल      पुस १७, २०८१ मा प्रकाशित     
धनगढीमा भएको निता स्मृति राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रथम

 पुष १७,: कैलालीको धनगढीमा भएको निता स्मृति राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेश प्रथम भएको छ । पुस १४ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमले ९ स्वर्ण, ४ रजत र एक कास्य पदकसहित १४ पदक जितेर पहिलो भएको हो । नेपाल पुलिस क्लबले ११ पदकसहित दोस्रो स्थान हासिल गर्‍यो । गण्डकी प्रदेशले ७, लुम्बिनीले ७, कर्णालीले ४, र बागमतीले १ कास्य पदक जितेका छन् ।

जुनियरतर्फ पनि सुदूरपश्चिम प्रथम भएको छ । प्रतियोगितामा पाँच प्रदेश र एउटा विभागीय गरि ६ टिमको सहभागिता रहेको थियो । सिनियर र जुनियरतर्फ सान्सौ विधामा ८८ पदकका लागि प्रतिस्पर्धा भएको आयोजक सुदूरपश्चिम प्रदेश उसु संघले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap