धनगढीमा बाल यौन दुरुपयोग गर्ने ५८ बर्षीय पुरुष पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ४, २०८१ मा प्रकाशित     
धनगढीमा बाल यौन दुरुपयोग गर्ने ५८ बर्षीय पुरुष पक्राउ

भाद्र ४ धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय पुरुष सुखदेव रानालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्ववहार गरेको बताए।
उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap