महादेव गिरी संवाददाता
धनगढी १५ जेठ, नेपाल गणित समाज सुदुर पश्चिम् प्रदेस र ऐस्वर्य बिद्या निकेतनद्वारा आयोजित अन्तर बिद्यालय स्तरिय गणित प्रतियोगिता प्रारम्भ भएको छ।उक्त कार्यक्रमका सभापती नेपाल गणित समाजका सुदुरपश्चिम प्रदेश अध्यक्ष रघुबिर भट्ट रहेका थिए। कार्यक्रमका प्रमुख अतिथी ऐश्वर्य बिद्या निकेतनका प्राचार्य पि एन ओझा, बिशिस्ट अथिती ऐश्वर्य मल्टिपल क्याम्पसका सहायक क्याम्पस प्रमुख संजय पन्त रहेका थिए।
कार्यक्रम संचालन क्याम्पसका सहायक प्राध्यापक ओम प्रकाश पाण्डेयले गरेका थिए । कार्यक्रमबारे प्रकाश पार्दै गणित समाजका अध्यक्ष रघुबिर सरले कार्यक्रमलाई मात्र कार्यक्रम नभएर सुदुरपश्चिमबाट गणितमा आएको मान्छेको बितृष्णालाई हटाउने आफ्नो उदेश्य भएको जनाएका छन।
झण्डै प्रदेस भरिबाट १०० वटा भन्दा बढी स्कुलको सहभागीता रहेको उक्त कार्यक्रम कैलालीमा मात्र नभएर प्रदेश भरिका सम्पुर्ण जिल्लाहरुमा एकै साथ संचालन गरिएको थियो। यो पहिलो चरणबाट शिर्ष १२ टोलिको टुङ्गो आज नै लाग्ने र उक्त १२ टोलिबाट फेरि दोस्रो चरणको कार्यक्रम यसै महिनाको २० गते हुने र त्यहाबाट पनि छानिएका ४ टोलि फाइनलको लागि छनोट हुनेछ। र उक्त फाइनला सहभागी ४ ओटै टोलिले अब आउदै गरेको म्याथम्याटिक्स ओलम्पियाडमा निशुल्क प्रबेस लिन पाउने छ।
प्रथम द्वितीय र तिर्तियलाइक आकर्षक पुरस्कार पनि रहेकोबारे कार्यक्रमका अर्का सदस्य सोही क्याम्पसका सहायक प्राध्यापक हरि भट्टले जनाए। ससारका देसहरु को आइक्यु लेभल र हाम्रो देसका मान्छेको आइक्यु लेभलको तुलना गर्ने हो भने आकास र पतालको फरक छ, एउटा सर्बेक्षणका अनुसार हाम्रो देसका मान्छेको आइक्यु लेभल १७८ औं स्थानमा छ भनेर सार्वजनिक गरेको थियो । यस्ले के जनाउँछ भने हाम्रो गणितीय धारणा पनि त्यही छ जहाँ आइक्य को स्तर छ।यस्लाई माथी उकास्ने पनि यस्ता कार्यक्रमले महत्त्व भुमिका खेल्ने कार्यक्रममा उपस्तिथि एरिष्टो मा बि का गणित शिक्षक रियल तेजले बताउनुभयो।