कार्तिक ३०,धनगढीमा नागरिकको गुनासो व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।युनिसेफ नेपालको आर्थिक सहयोगमा नागरिकको गुनासो व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बिहिबार धनगढीमा सम्पन्न भएको हो।
नागरिकको गुनासो व्यवस्थापन शसक्त समृद्ध नेपाल सम्बन्धी अभिमुखीकरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर जनगुनासो सुनाई कार्यविधि २०७८ बनाई यसलाई प्रभावकारी सुनाई कार्यन्वयन गरेको पाइयो जन गुनासो टोल फ्रि नम्बर हाट्सएप वेइवसाई ,इमेलबाट, जनगुनासो आउने गरेको र गुनासोलाई तत्काल सम्वोधन गर्ने गरेको पाइएको छ। धेरै जसो गुनासो सिधै मेयर कहाँ जाने त्यसको व्यवस्थानपन मेयर आफैले सक्रिय भएर कार्ययानुयमा ठूलो सयोग पुग्ने र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्त्ररता दिनुपर्ने धारणा धनगढी उप महानगरपालिका सचिवालय प्रमुख कृपाराम उपाध्याले बताए। त्यस्तै कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले जनगुनासो व्यवस्थापन धनगढी उप महानगरपालिका अग्रणी रुपमा रहेको र जनगुनासोको व्यवस्थापनमा बिषेश चाँसो दिएको बताए।


