धनगढी कार्तिक २९, धनगढीमा नागरिकको गुनासो व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा नागरिकको गुनासो व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज धनगढीमा सम्पन्न भएको हो । नागरिकको गुनासो व्यवस्थापन शसक्त समृद्ध नेपाल सम्बन्धी अभिमुखीकरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर जनगुनासो सुनाई कार्यविधि २०७८ बनाई यसलाई प्रभावकारी सुनाई कार्यन्वयन गरेको पाइयो जन गुनासो टोल फ्रि नम्बर हाट्सएप वेइवसाई ,इमेलबाट, जनगुनासो आउने गरेको र गुनासोलाई तत्काल सम्वोधन गर्ने गरेको पाइएको छ ।
धेरै जसो गुनासो सिधै मेयर कहाँ जाने त्यसको व्यवस्थानपन मेयर आफैले सक्रिय भएर कार्ययानुयमा ठूलो सयोग पुग्ने र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्त्ररता दिनुपर्ने धारणा धनगढी उप महानगरपालिका सचिवालय प्रमुख कृपाराम उपाध्याले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले जनगुनासो व्यवस्थापन धनगढी उप महानगरपालिका अग्रणी रुपमा रहेको र जनगुनासोको व्यवस्थापनमा बिषेश चाँसो दिएको बताए ।
यसले कामलाई थप उर्जा दिएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीको भनाई छ । त्यस्तै कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष रुप बहादुर कुँवरले यो कार्यक्रमम एकदमै प्रभावकारी भएको र जनगुनासो व्यवस्थापनमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
युनिसेफ नेपालको आर्थिक सयोगकार्यक्रमा धनगढी उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रराज खाती,लगायत जनगुनासो सुनाई व्यवस्थापन समितिका बिभिन्न शाखा प्रमुख ,धनगढी उपमहानगरपालिका बिभिन्न वडाका अध्यक्ष,नागरिकको गुनासो व्यवस्थापन सशक्क्तिकरण महिला समुह नेपाल सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा सभागि रहेका थिए ।
कार्यक्रम निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको हो । कार्यक्रमा स्वागत मन्तव्य नेपाल सशक्त महिला समूह नेपाल कार्यक्रमकी सुदुूरपश्चिम प्रदेश संयोजक प्रतिमा चौधरीले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण अधिकृत तेजराज उपाध्याले गर्नु भएको थियो । भने कार्यक्रमको संचालन परियोजना संयोजक मिन शाहिले गर्नु भएको थियो ।