धनगढीमा नगरबस सेवा सञ्चालनमा


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०८१ मा प्रकाशित     
धनगढीमा नगरबस सेवा सञ्चालनमा

धनगढी भदौ ३०, धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा आएको छ । आइतबार धनगढी उपमहानगरपालिका–१९ को फूलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।

नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा देखाएर नगर बस सेवाको विधिवत रुपमा उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विद्युतीय बस सेवा सञ्चालन गर्ने उद्देश्यसहित फूलबारी बसपार्कमा चार्जिङ स्टेशन स्थापना गरिएको तर विभिन्न कारणले विद्युतीय बस सेवा सञ्चालन गर्न नसकिएको बताए ।

फूलबारीसहितका ग्रामीण बस्तीबाट सहज र सुलभ यातायात सेवा सञ्चालन नहुँदा आम नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नगर बस सेवा सञ्चालनमा ल्याइएको हमालले बताए । तत्कालीन समयमा आफूले दिनेश ट्राभल्स सञ्चालन गरेका बेला फूलबारीका नागरिक बस चलाउन माग गर्दै डेलिकेशन गरेको कुरा स्मरण गर्दै नगर प्रमुख हमालले नगर बस सेवाले उक्त अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरे ।

्उपमहानगरपालिकासँग भएको स्रोत, साधन र क्षमताअनुसार नगरबासीका विभिन्न अभाव पूर्ति गर्ने प्रयास गरिने उनको भनाई थियो । नगर बस सेवापछि फूलबारीका नागरिकलाई घर, आँगनमै स्वास्थ्य दिने प्रदान गर्ने उद्देश्यले अस्पताल निर्माण गर्ने योजना उपमहानगरपालिकाको रहेको बताउँदै हमालले त्यसमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको छ । सेवा सञ्चालन गर्न उपमहानगरपालिकाले केएनके कन्सट्रक्सनसँग भ्याटसहित २८ लाख ८८ हजारमा ठेक्का सम्झौता गरेको छ । असोज १ गतेदेखि लागु हुनेगरि २०९१ भदौ मसान्त सम्म गरेर १० वर्षका लागि ठेक्का सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ । बस धनगढी–हसुलिया–फूलबारी–अत्तरिया रुटमा सञ्चालन गरिनेछ । यी रुटमा असोज १ गतेदेखि बस सञ्चालन हुनेछन् ।

नगर बसमा यात्रा गर्दा ७ किलोमिटर वा त्यो भन्दा कम दुरीमा न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने ७ किलोमिटर भन्दा लामो दुरीमा यात्रा गर्नेले प्रती किलोमिटर दुई रुपैयाँ ८४ पैँसाका दरले थप भाडा तिर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap