धनगढीमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०८० मा प्रकाशित     
धनगढीमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक

धनगढी, फागुन ४ । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक गरेको छ ।

टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० भी फोर एफ आईको काठमाडौंमा सार्वजनिक गरेपछि धनगढीमा पनि शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक मल्ल र बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक प्रेम साउँदले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टी–फेस एलइडी हेडल्याम्पका साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरेर असाधारण सुविधा समेटिएको बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक साउँदले जानकारी दिए ।

उनका अनुसार टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरुले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।

आपाचे आरटिआर १६० भी फोर एफ आईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरसमेत उपलब्ध गराएको उनले बताए ।

सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो राइड मोड्स, टिभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टिभीएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा तयार पारिएको उनको भनाइ छ ।

नेपाली बजारमा सार्वजनिक यी दुबै बाइक हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखेर ‘राइड मोड्स’का साथै ‘रेस इनेबल्ड कनेक्टिभिटी’का लागि ‘टीभीएस स्मार्ट कनेक्ट’को सुविधा समेत उपलब्ध छ ।

सो कार्यक्रमको अवसर पारेर उक्त मोटरसाइकल खरिदकर्तालाई पनि आकर्षक उपहार प्रदान गरिनुका साथै टिभिएसको चाबी हस्तान्तरण गरिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap