धनगढीमा घर भित्रबाट दुई लाख नगद आठतोला सुन, चाँदी चोरी


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०८० मा प्रकाशित     
धनगढीमा घर भित्रबाट दुई लाख नगद आठतोला सुन, चाँदी चोरी

 

धनगढी उपमहानगरपालिका वडा नम्बर–४ तारानगरको एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, २ तोला चादीका गहना चोरी भएको छ । पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय कर्ण बानियाको घरमा चोरी भएको जनाइएको छ । स परिवार बुधवार पुजाका लागि डोटी गएका थिए । धनगढी घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी बताए ।add

चोरले घरको मुख्य ढोका तोडीे पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको घरधनी बानियाले बताए । माथी उल्लेखित सामानको चोरीको घटना थाहा पछी प्रहरीटोली गएर सामानको मुचुल्का बनायका छौ , चोरीमा संलग्न व्यक्तिको खोजि कार्यभईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap