पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन


लेखक : सुन्दराञ्चल      माघ २९, २०८१ मा प्रकाशित     
पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

धनगढी, २९ माघ : पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । मंगलवार धनगढीमा आयोजित विमोचन समारोहमा साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गरे ।

प्रमुख अतिथि साहित्यकार लम्सालले कवि उपाध्यायले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताए । उनले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने बताए । लम्सालले धनगढीमा हुर्किएर पनि देश विदेश नियाल्न सक्ने कलममा तागत भएको व्यक्ति उपाध्याय रहेको बताए । कवि लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरु गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धगढीबासीले गर्व गर्नुपर्ने बताए ।

अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उपाध्यायले समाचारमा लेख्न र समेट्न नसकिएका मर्मस्पर्शी विषयवस्तुहरुलाई कविताका उतारेको बताए । उपाध्यायका कवितामा देश प्रेम छ । समाजका कुरीति, बिसंगतीहरुमाथि उनले तिखो प्रहार गरेका छन्, मदनपुरस्कार बिजेता लम्सालले भने, कवि उपाध्यायले कवितामा बिचार मात्र लेखेका छैनन् । हृदय लेखेका छन् । र, समाजको चेत र चेतना लेखेका छन् ।

त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा। पन्तले पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको विकास र समृद्धिका सवालमा सधै कलम चलाउदै आएका उपाध्यायले कोभिडमा नागरिकको जीवन रक्षाका लागि गरेको मानवीय कार्य प्रशंनीय भएको बताए । प्रा.डा. पन्तले उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिाथि चोटिलो प्रहार गरिएको बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मयण्यता, राजनीतिका बिसंगतीसंगै प्रेम समेटिएको बताए । उनले अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायले पत्रकारितासंगै साहित्य र सामाजिक कार्य मार्फत सुदूर पश्चिममा ठूलो योगदान पुर्याएको चर्चा गरे ।
उनले नेपाली साहित्यमा उपाध्यायको कृति एउटा गतिलो सम्पत्तीका रुपमा दर्ज हुने बताए । समालोचक भटट्ले यहि समाजमा घटित घटनाक्रमहरुलाई उपाध्यायले कवितामा उतारेको बताए । उनले राजनिती गर्नेहरुले समाजका लागि भन्दा आफू र परिवारकाको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कविता मार्फत चित्रण गरकोे बताएका छन ।

पत्रकार उपाध्यायले गत भदौमा द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याएका थिए । उपाध्यायको यो चौथो कृति हो । यसअघि उनको एउटा कविता संग्रह, एउटा गजल संग्रह र द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक प्रकाशित छ । उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा, बिकृत राजनीति, समय र परिवेशबाट उद्देलित भएर कवितामा भावनाहरु प्रस्फुटित भएको बताए ।
उनले कोभिड महामारी र द्वन्द्वको क्रममा मुलुक र नागरिकले भोगेको व्यथा पनि कवितामा उतारेको बताए । ऐश्वर्य प्रकाशन प्रा।लिका अध्यक्ष गणेश प्रसाद जोशीले उपाध्यायद्धारा लिखित एउटा ओजिलो साहित्यिक कृति प्रकाशन गर्न पाउदा खुशी व्यक्त गरे ।
जोशीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा बरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर र वरिष्ठ पत्रकार टीकाराम यात्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमोचन कार्यक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap