माघ ४,धनगढी धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता भोली बिहिबारदेखि संचालन हुनेभएको छ । बुधबार धनगढी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।
५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहने धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् ।
प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि हुने रानाले जानकारी दिइन् ।
हरेक बर्ष गरिने विद्यालयस्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ । प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी,दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ ।
राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाबाट आन्तरिक तर्फ ८ लाख र संघीय ससर्त अनुदान तर्फ १ लाख गरी नौ लाख बजेट बिनियोजित गरिएको छ । प्रतियोगिताको आज ११ बजे धनगढीको कभर्डहलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जनाएको छ ।