धनगढीमा अछाम सेवा समितिको आयोजनामा पुष १५ बिशेष कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस १५, २०८० मा प्रकाशित     
धनगढीमा अछाम सेवा समितिको आयोजनामा पुष १५ बिशेष कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता,

धनगढी पुष १५ , अछाम सेवा समिति कैलालीले धनगढीमा पुष १५ विशेष कार्यक्रम आयोजना गरि मनाएको छ । मौलीक संस्कृति र पुस्तान्तरणका लागि पुष १५ मनाऔं भन्दै पुष १५ विशेष कार्यक्रम आयोजना गरी मनाइएको हो ।
कार्यक्रम खडक बहादुर स्वांरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ८४ बर्षिया प्रसाद सिहं कुवंर रहेका थिए ।

हाम्रो संस्कृति हाम्रो पहिचान हामीले नै बचाउनु पर्छ भन्ने उद्येश्यले पुष प्रन्द्धलाइ लक्षीत गरी आयोजना गरिएको अछाम सेवा समाज कैलालीले जनाएको छ। कार्यक्रममा स्थानिय,बिभिन्न जिल्लाका मानिसहरुले देउडा खेलेर रमाएका थिए।
भने पुष १५ को दिन अछाम लगायत सुदूरपश्चिममा चामल ,घिउ,तथा मासले बनेको बिशेष रोटीको परिकार खाने चलन छ ।

यो परिकारलाई अछामका बिभिन्न ठाउँमा भुच्चान्या,ढुकढुक्या,ढुक्कान्ने,निसास्या,भुक्भुके,ढाक्न्या,भुने,पोलो, भस्सी,ढक्कन्या,रमास मिसायको मासचाम्ल्या,रोटो भनेर चिनिन्छ । यस दिन बिशेष गरि फर्सी लगायतका तरुल,सखरखण्ड,पिडालु,आदी माटो मुनी उम्रिने पदार्थ हरुलाई उसुनियर खाने चलन रहेको छ ।

यि पदार्थ खाँदा जाडो भाग्ने र सरिरमा स्फुर्ति, तागत बढ्ने बिश्वास गरिन्छ । साथै यो दिनमा उल्लेखित परिकारका साथै रातभर जाग्राम बसेर बिभिन्न पौराणिक र लोक कथाहरु ,गाँउखाने कथाहरु सुन्ने सुनाउने चलन छ । यो चलन सुदूरपश्चिममा मात्र नभएर देशभर आज पुष १५ मनाउने चलन रहेको अछामी सेवा समाजका अध्यक्ष खडक बहादुर स्वांंरले बताए ।
देउडा गायक भरत साउदले हामीले नै हाम्रो मौलिक संस्कृतिलाइ जोगाई राख्न हामी सबैको हाते मालो हुन आबश्यक रहेको बताए । कार्यक्रममा स्थानियहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकण डबल बहादुर बोहराले गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap