धनगढीको मोहनामा छठ पूजाको तयारी अन्तिम चरणमा धार्मिक कार्यक्रम आजैदेखि सुरु


लेखक : सुन्दराञ्चल      कार्तिक २०, २०८१ मा प्रकाशित     
धनगढीको मोहनामा छठ पूजाको तयारी अन्तिम चरणमा धार्मिक कार्यक्रम आजैदेखि सुरु

धनगढी कार्तिक २० , नेपालको विशेषगरी गरी मिथिलाञ्चल क्षेत्रसहित तराई क्षेत्रमा मनाइने छठ पर्व मंगलबारदेखि विधिवत रुपमा सुरु भएसंगै छठ पूजाको तयारी पनि सुरु भएको छ ।

यसैक्रममा धनगढीमा पनि छठ पूजा सेवा समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै छठ पर्वलाई विशेष रुपमा मनाउने तयारी गरेको जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित मोहना घाटलाई छठ पूजाका लागि सिगारिन सुरु गरिएको छ । पूजा स्थलमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रमस्थल निर्माण कार्य भइरहेको छ । छठका अवसरमा यसअघिल्ला वर्षहरुमा दुई दिनसम्म मात्रै मनाइने धार्मिक कार्यक्रम यसवर्ष पनि चार दिनसम्म मनाइने छठ पूजा सेवा समितिका अध्यक्ष अध्यक्ष सन्तोष मण्डलले बताए ।

धनगढीको मोहना घाटमा हुने छठ पूजामा विगतका वर्षहरुभन्दा पछिल्ला वर्षहरुमा श्रद्धालु भक्तालुहरुको बढी सहभागिता हुन थालेको छ । तराईबासीले मात्रै मनाउने पर्वका रुपमा चिनिएको छठ पर्वलाई विस्तारै पहाडी समुदालयका मानिसहरुले पनि मनाउन थालेपछि छठ पूजामा श्रद्धालु भक्तजनहरुको सहभागिता बढ्न थालेको देखिन्छ । यस वर्षको छठ पर्वमा मोहनाघाटमा हुने धार्मिक कार्यक्रममा नेपाली कलाकारहरुलाई बढी स्थान दिइएको छ । नेपालमा उपलब्ध नहुने कलाकारहरुलाई मात्रै भारतबाट ल्याइने भएको समितिका अध्यक्ष मण्डलले बताए ।

छठ पर्वको पहिलो दिन नहाय खाय अर्थात ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख–समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् ।

तेस्रो दिन छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ । अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । यस दिनलाई पारन भन्ने गरिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ ।

छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap