धनगढीः धनगढी उपमहानगरपालिका १४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिङ्गरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ। कल्भर्ट भत्किएपछि फुलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।
विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिको पुननिर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको हो।