महादेव गिरी संवाददाता
धनगढी साउन १२, धनगढीमा रहेको नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको थियो । अहिले मृतकका आफन्त र नोभा अस्पताल प्रशासन बिच भएको बर्ता निष्कर्ष विहीन भएको छ । नोभा अस्पतालमा चिकित्सकको लापरबाहीबाट कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएको आफन्तले आरोप लगाउँदै शुक्रवार देखि विवाद भएको थियो । शुक्रवार राति र शनिवार बिहान भएको दुई पटकको बर्ता निष्कर्ष विहीन भएपछि तनाव जटिल बन्दै गएको हो ।
क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने मागका लागि बिहान अस्पताल प्रशासन र मृतकका आफन्त बिच बसेको वार्ता फेरी पनि असफल भएको हो । अस्पताल प्रशासनले बेवास्ता गरेपछि वार्ता निष्कर्ष विहीन भएको मृतकका मामा रामकृष्ण चौधरीले बताए। बिहान बर्ता सकारात्मक नभएपछि आफन्तले अस्पताल तोडफोड समेत गरेका थिए । तोडफोडबाट अस्पतालको अगाडिको भागका सिसा फुटेका छन् ।भने तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । भने घाइतेको उपचार सारथि अस्पतालमा उपचार भइरहेको छ ।
जन्डिसको समस्या लिएर ७ साउनमा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रवार दिउँसो नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको थियो । अस्पतालले उपचारमा लापरबाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएन । अस्पतालमा शुक्रवार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो । तर, उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै हिजो पनि वार्ता बहिष्कार भएको थियो । सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।