धनगढीको निसर्ग हस्पिटलमा टेलिमेडिसिन सेवा शुरु


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
धनगढीको निसर्ग हस्पिटलमा टेलिमेडिसिन सेवा शुरु

३२ साउन, धनगढी । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।

निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा.मिराजआलम अन्सारीले जानकारी दिए ।

हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’ सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि विस्तार गरिने जनाए । जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए ।
‘टेलीमेडिसिन सेवा’ मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुल्क भने लाग्ने छैन । ‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयकाअनुसार प्रदेशमा अहिलेसम्म कुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् ।

सेती प्रादेशिक अस्पतालमा सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निजी तथा सरकारी स्तरबाट प्रदेशमा ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा नभएका बेला निसर्ग हस्पिटलले थालनी गरेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap