धनगढीको नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०८१ मा प्रकाशित     
धनगढीको नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी चैत्र चैत्र १०,   नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले आफ्नै खाद्य उद्योग राईस मिल सञ्चालन गरी चामल बिक्रीबितरण सुरु गरेको छ।

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ मजगाँउमा सो सहकारी संस्थाले कृषि उपआयोजना कार्यक्रम अन्तरगत खाद्य उद्योग राईस मिल स्थापना गरि आज देखी चामल बिक्रीबितरण सुरु गरेको हो।नवजीवन खाद्य उद्योग राइस मिल सञ्चालन गरी मसिनो र ग्रेडिङ मोटो चामल उत्पादन भैरहेको शनिवार पत्रकार सम्बेलन मार्फत सहकारीका अध्यक्ष देव बहादुर बमले बताए।

शेयर सदस्यहरूलाई कृषिसँग जोड्नका लागि पनी चामल उत्पादन सुरु गरिएको बताए। सहकारीका अध्यक्ष बमले राइस मिलमा हाल सम्म १६ हजार २ सय ८७ क्विन्टल धान खरिद गरेर एक हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए। सहकारीले ६ सय ५१ क्विन्टल २९ किलोग्राम चामल उत्पादन गरेको छ। उनका अनुसार दैनिक चार सय क्विन्टल धान कुट्दै आएका छौ। सहकारीको खाद्य उद्योगले २५ किलोग्राम मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय मूल्यदर निर्धारण गरेको छ। धानको खरिदमूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने र उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने सहकारीका अध्यक्ष बमको भनाई छ।

नवजीवन सहकारी संस्थाका ३६ हजार शेयर सदस्यसहित आम नागरिकले शुद्ध र अर्गानीक चामल खान पाउने उदेश्य रहेको बताइएको छ।पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र सोही स्थानमा भबिश्यमा गहुँको पिठो, दाल, तेल र पानी उत्पादन गर्ने योजना रहेको नवजीवन सहकारीका अध्यक्ष बमले जानकारी दिए। २०५० सालमा स्थापना भएको सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा रहेको छ।

सहकारीमा ३१ करोड ३४ लाख २४ हजार शेयर पुँजी रहेको छ। ५ अर्ब ७ करोड ३६ लाख ४६ हजार निक्षेप सङ्कलन गरी ४ अर्ब १६ करोड १४ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।संस्थाको कुल सम्पती ६ अर्ब ४७ करोड ९० लाख ३५ हजार बढीको रहेको छ। सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको जनाएको हो।

rojgar mela

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap