धनगढीको तापक्रम ४४ डिग्री.. गर्मि बढेपछि जनजिवन कष्टकर


लेखक : सुन्दराञ्चल      जेष्ठ १७, २०८१ मा प्रकाशित     
धनगढीको तापक्रम ४४ डिग्री.. गर्मि बढेपछि जनजिवन कष्टकर

महादेव गिरी संवाददाता

धनगढी जेठ १७ ,धनगढीमा लगाएत तराईका जिल्लामा अत्याधिक गर्मि बढेपछि जनजिवन निकै कष्टकर बनेको छ । बिहीबार कैलालीको तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको छ । महाकाली वेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार आज बिहीबार कैलालीको अधिकतम तापक्रम ४४ डिग्री पुगेको छ । न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको छ मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आज देखि तीन दिनसम्म तातो हावा तथा तातो लहर चल्ने भन्दै सबैलाई सर्तकता अपनाउन सुझाब दिएको छ । सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस वा सोभन्दा बढी तापमान मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । माहाँशाखाले गर्मिको समयमा घर बाहिर सकेसम्म ननिजस्किन सुझाव दिएको छ ।

गर्मिका कारण विद्यालयमा पढ्ने बालवालिका वृद्ध वुद्धाहरु बढी प्रभावित भएका छन् । अत्याधिक गर्मिले बजार क्षेत्र सुनसान छ । व्यापार व्यवसाय समेत प्रभावित भएको छ । किन मेलको लागि ग्राहाक आउन छोडेको व्यापारी बताउँछन् । एक दुई दिन यो अवस्था रहे खाने पानीको समेत ठुलो समस्या तराई क्षेत्रमा उत्पन्न हुने उपभोक्ता बताउछन् । अहिले समेत धनगढी लगाएत तराई क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap